News Portal

  • थरुहट-थारुवान राष्ट्रिय सम्मेलनः अब सहेर बस्दैनौं, हजारौं युवाद्वारा मार्चपास

    डबली संवाददाता२०७७ फागुन १६ गते
    ११० पटक

    धनगढी । थारुहट थारुवान राष्ट्रिय मोर्चाको राष्ट्रिय सम्मेलन कैलालीमा सुरु भएको छ । दुई दिने थारुहट थारुवान राष्ट्रिय सम्मेलनको उद्घटन शर्तमा बोल्दै विभिन्न बक्ताहरुले दासत्व अन्त्य गर्न थारु समुदाय आगोको ज्वा’ला बन्नुपर्ने बताएका छन् । उनीहरुले अधिकार माग्दा अपराधको विल्ला भिराइए वि’द्रोहको विकल्प नभएको बताएका छन् ।

    सम्मेलनलाई सम्बोधन गर्दै जनता समाजवादी पार्टीका नेता राजेन्द्र महतोले अत्याचार भएका कारण थारु समुदाय आगो नभइ ज्वा’ला बनिसकेको उल्लेख गर्दै त्यही ज्वालाले टीकापुर वि’द्रोह निम्त्याएको बताए । उनले अब दुनियाँका कुनै पनि शक्ति थारुलाई गुलाम बनाउन नसक्ने दाबी गरे ।

    महत्तोले अधिकार र पहिचानका लागि आन्दोलन गर्ने रेशमलाल चौधरी र लक्ष्मण थारुलाई कारागार बसाउनु अन्याय हो भन्दै थारु समुदायले पहिचान र अधिकार माग्नु अपराध हो भने १७ हजार मान्छे मारेका प्रचण्डले किन जेल बस्नु पर्दैन ? १७ हजार मान्छे मारेका प्रचण्ड प्रधानमन्त्री बन्ने, यो कस्तो व्यवस्था हो, कस्तो संविधान हो ? भन्दे प्रश्न समेत गरे ।

    यस्तै थरुहट मोर्चाका केन्द्रीय संयोजक लक्ष्मण थारुले उच्च अदालत दिपायलले नश्ली’यपूर्ण, पूर्वाग्राही, गद फैसला सुनाएर जन्मकैदको फैलाला सुनाएको बताए । उनले अडियो रेकर्डमार्फत सम्बोधन गरेका थिए ।

    ‘हामी थारुहरुले लेख्दा, बोल्दा, संगठित भेला हुँदा र सम्मेलन गर्दा यो देशका शासकहरुले आतं’क कारी, ज्यानमारा भन्छन्, हामीलाई लुटेरा डाँ’काको व्यवहार गर्छन् । बोल्नबाट वञ्चित गर्छन् । तर अब कुनैपनि हालतमा रोकिँदैन् । यो हाम्रो भेला संगठन, हाम्रो एकता, हाम्रो अभियान र हाम्रो आन्दोलन दासताविरुद्धको वि;द्रोह कसैले रोकेर पनि रोकिने छैन । प्रशासनको धाक धम्की त्रास हामीमाथिको झुठा मुद्धा, सांसद रेशम चौधरीमाथिको जन्मकैदको फैसला हामी मान्न तयार छैनौँ ।’ थारुको अडियो सम्बोधनको क्रममा भने ।

    पूर्वमन्त्री तथा नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा. गोपाल दहितले टीकापुर घटना राजनीतिक घटना भएपनि थारुमाथि दमन गरी राज्यले निर्दोष थारुलाई प क्राउ गरी मुद्दा लगाएको टिप्पणी गरे । तत्कालिन सरकारले टीकापुर घटना राजनीतिक आन्दोलन हो भन्दै मुद्दा खारेज गर्ने निर्णय गरेपनि कार्यान्वयनमा नआएको बताए ।

    यस्तै मोर्चाका केन्द्रीय प्रवक्ता मिनराज थारुले वर्तमान संविधानले थारुमाथि विभेद कायमै राखेकाले संशोधन नगरेसम्म चुप नबस्ने बताए । उनले सदियौंदेखि राज्यबाट विभेदमा परेका थारु समुदाय अब विभेद पर्खाल भत्काएरै छाड्ने चेतावनी दिए ।

    कार्यक्रममा संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका अध्यक्ष कुमार लिङ्देन, नेपाल आदिवासी जनजातिका पूर्व महासचिव आङकाजी शेर्पा, मगरात संघर्ष समितिका संयोजक राम मगर लगायतलेआ सम्बोधन गरेका थिएका थिए ।

    दुई दिने सम्मेलनको पहिलो दिन शनिबार हजाराैं थारु युवा युवतीहरुले मार्चपास समेत गरेका थिए ।

    प्रतिकृया दिनुहोस्