News Portal

  • बाइडन पनि ट्रम्पकै लाइनमा

    डबली संवाददाता२०७७ फागुन १५ गते
    १४७ पटक

    काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडन पनि पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पकै लाइनमा उभिएका छन् । चुनावी अभियानमा र जितिसकेपछि विश्वमा यु द्ध रोक्ने बताउँदै आएका बाइडनले इरानसँग वार्ताको प्रस्ताव गरेर हवाई हम लाको आदेश दिएका छन् ।

    बाइडन प्रशासनले अमेरिकी सेनालाई सिरियामा इरान समर्थित वि’द्रोही समूहहरूमा हवाई ह मलाको अनुमति दिएको छ । योसँगै अमेरिकी सेनाले सिरियामा हवाई आ क्रमण गरेको छ।

    अमेरिकी सेनाले ह मलाको नाममा सिरियामा ठूलो जनधनको क्षति पुर्याएको छ । अमेरिकी रक्षा मन्त्रालय पेन्टागनले इराकमा अमेरिकी गठबन्धन सेनाको आ क्रमणको जवाफ स्वरुप अमेरिकी सेनाले हमला गरेको बताएको छ। यो महिना एक अमेरिकी ठेकेदार रकेट हमलामा मारिएका थिए ।

    अन्तर्राष्ट्रिय संचारमाध्यमहरुका अनुसार फेब्रुअरी १५ मा, इरबिलमा एक सै निक क्याम्पमा आ क्रमण भएको थियो जसको नेतृत्व अमेरीकी सेनाले गर्दै आएको थियो ।

    यसका साथै उक्त आ क्रमणमा एक अमेरिकी अधिकारी र पाँच ठेकेदार घाइते भएका थिए । यसअघि बगदादमा रहेको अमेरिकी दूतावासमा इरान समर्थित सेनाले रकेट ह मला गरेको थियो । जहाँ हरित क्षेत्रसहित अमेरिकी दूतावास र अन्य कूटनीतिक नियोगहरू थिए।

    प्रतिकृया दिनुहोस्