News Portal

  • सिंह भन्छन्- राजनीतिक अस्थिरताको कारक ओली, काँग्रेस र ओली समूह मिलेर नयाँ सरकार बन्छ

    डबली संवाददाता२०७७ फागुन १३ गते
    १०६ पटक

    काठमाडौं । नेकपा (मसाल)का महामन्त्री मोहनविक्रम सिंहले अब बन्ने नयाँ सरकारको लागि नेपाली काँग्रेस र ओली समूहब‍ीच सत्ता गठबन्धन हुने बताएका छन् । विहीबार वुटवलमा पत्रकारसँग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)बारे प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली काँग्रेसको धारणा समान भएको बताउँदै सिंहले ओली समूह र काँग्रेस मिलेर नयाँ सरकार बन्ने बताएका हुन् ।

    महामन्त्री सिंहले प्रधानमन्त्री ओली र कांग्रेस सभापति शेरबहादुर देउवा दुवै एमसीसी पारित गर्ने पक्षमा रहेको बताए । उनले एमसीसी पारित भए नेपाल अमेरिकी सैन्य अखडा हुने दाबी गर्दै पारित हुन दिन नहुने बताए ।

    पत्रकार सम्मेलनमा बोल्दै सिंहले प्रधानमन्त्री ओलीकै कारण नेपालमा फेरि राजनीतिक अस्थिरता सिर्जना भएको बताउँदै अब नेपालमा भारत, अमेरिका लगायत विदेशी शक्तिको चलखेल बढ्ने बताए । संसद विघटनपछिको राजनीतिक अवस्थामा नेपालमा भारत–अमेरिका पक्ष बलियो र चीन पक्ष कमजोर भएको सिंहले दाबी थियो ।

    नैतिकता भए तत्काल राजीनामा दिनुपर्ने बताउँदै सिंहले प्रधानमन्त्री ओलीमा नैतिकता नभएको बताए । प्रतिनिधिसभा पुनर्स्थापनाले संविधान थप बलियो र विश्वसनीय भए पनि राजनीतिक अस्थिरता बढ्ने बताए ।

    प्रतिकृया दिनुहोस्