News Portal

  • ओली समूहको स्थायी समिति बैठक आज पनि बस्दै, राजिनामा नगर्ने निर्णय गर्ने 

    डबली संवाददाता२०७७ फागुन १३ गते
    ९७ पटक

    काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली समूहको स्थायी कमिटी बैठक आज पनि बस्ने भएको छ । बुधबारबाट सुरु भएको बैठक पुनः प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने नेताहरुले बताएका छन् ।

    सर्वोच्च अदालतले प्रतिनिधिसभाको निर्णय बदर गरेसँगै ओली समूहले स्थायी समिति बैठक बोलाएको थियो । हिजोको बैठकले सर्वोच्चको फैसला कार्यान्वयन गर्ने निर्णय गरेको थियो । तर प्रधानमन्त्रीले पदबाट राजिनामा नगर्न बरु संसदमा अविश्वासको प्रस्तावको फेस गर्न नेताहरुले सुझाव दिएका थिए ।

    आज बस्ने बैठकमा पनि बैठकमा प्रतिनिधिसभा विघटन गर्ने सरकारको निर्णय बदर भएपछि अब के गर्ने ? भन्ने विषयमाथि नेताहरुले धारणा राख्ने बताइएको छ । विश्वासको मत जित्नका लागि पर्याप्त छलफल र बहस गर्ने पनि स्थायी कमिटी बैठकको तयारी छ ।

    त्यसैगरी अदालतको आदेश अनुसार १३ दिनभित्रै संसद बैठक बोलाउन र त्यसको तयारीमा सरकार लाग्ने हिजोको बैठकको निष्कर्ष निकालेको थियो । आज पनि त्यसबारे थप छलफल हुनेछ ।

    प्रतिकृया दिनुहोस्