News Portal

  • ओली राजिनामा गर्न तयार, देउवालाई नयाँ प्रधानमन्त्रीको अफर

    डबली संवाददाता२०७७ फागुन १२ गते
    ११९ पटक

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली राजीनामा गर्न तयार भएका छन् । (नेकपा) ओलाी समूहका बुधबार बसेको स्थायी समिति बैठकले सर्वोच्च अदालतको आदेशअनुसार संसद बैठक बोलाउने निर्णय गरेको छ ।

    ओली समूहका प्रवक्ता प्रदीप ज्ञवालीले अदालतको आदेशअनुसार नै प्रतिनिधिसभाको बैठक बोलाउने निर्णय गरेको जानकारी दिए । अन्य दलहरुसँग परामर्श र सुझावका आधारमा प्रधानमन्त्री ओलीले निर्णय गर्ने ज्ञावालीले संचारमाध्यमलाई जानकारी दिए । स्रोतका अनुसार प्रधानमन्त्री ओली पदबाट राजिनामा गर्न तयार भएका छन् । त्योभन्दा पहिले सबै दलहरुसँग परामर्श गर्ने बताइएको छ ।

    यसैबीच (नेकपा) को प्रचण्ड–नेपाल समूहले नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवासँग भेटवार्ता गरेको छ । अध्यक्ष प्रचण्ड र नेपालले देउवा निवासमै पुगेर भेटवार्ता गरेका हुन् । स्रोतका अनुसार भेटवार्तामा देउवालाई मिलेर सरकार बनाउन प्रस्ताव गरिएको छ । प्रचण्ड–नेपालले ओलीलाई प्रधानमन्त्रीको अफर गरेका थिए । त्यसबाट उत्साहित देउवाले आफ्ना पार्टीका नेताहरुसँग छलफल गरेर आधिकारिक धारणा तय गर्ने प्रतिक्रिया दिएका थिए ।

    भेटमा देउवाले आफूले चुनाव हुन्छ भन्ने सोचेकोले ओलीको कदमप्रति नरम भएको बताएका थिए । प्रचण्ड–नेपालले पनि आफूहरु पार्टीको बैठकबाट थप निर्णय गरेर अगाडि बढ्ने बताउँदै देउवालाई नयाँ सरकारको नेतृत्व गर्न तयार रहन आग्रह गरेको बताइएको छ ।

    प्रतिकृया दिनुहोस्