News Portal

  • प्रभु बैंकको २१३ औं शाखा जुम्लाको चन्दननाथ नगरपालिकमा

    डबली संवाददाता२०७७ फागुन १० गते
    १७६ पटक

    काठमाडौँ । स्थानीय स्तरमा तीब्र रुपमा सेवा विस्तार गरिरहेको प्रभु बैंक लिमिटेडले जुम्लाको चन्दननाथ नगरपालिकामा पनि शाखा संचालनमा ल्याएको छ । बैंकले चन्दननाथ नगरपालिकाको वडा नम्बर ६ मा आफ्नो २१३ औं शाखा खोली सञ्चालनमा ल्याएको छ ।

    बैंकको जुम्लामा शाखा कार्यालयको समुद्घाटन गर्दै चन्दननाथ नगरपालिका मेयर कान्तिका सेजुवालले प्रभु बैंकले व्यावसायिक सञ्जाल बिस्तार गर्दै बैंकिङ्ग पहुँच नपुगेको ठाउँहरुमा शाखा कार्यालय सञ्चालनमा ल्याएर सर्वसाधारणको घर आगनसम्म सरल र सहज रुपमा बैंकिङ्ग सेवा विस्तार गरेर प्रशंसनीय कार्य गरेको बताइन् ।

    प्रभु बैंकको सेवा विस्तार अभियानले देशभरिनै बैंकिङ्ग पहुँचमा वृद्धि भएको मात्र नभई समग्र देशको आर्थिक विकासमा सकारात्मक टेवा पुगेको बताउदै मेयर सेजुवालले बैंकलाई सफलताको शुभकामना व्यक्त गरिन् ।

    बैंकको जुम्ला शाखा कार्यालयबाट प्रभु बैंकको गुणस्तरीय एवं अत्याधुनिक प्रविधियुक्त बैंकिङ्ग सेवा प्रवाह हुनेभएकोले स्थानीय बासिन्दा, सर्वसाधारण, व्यवसायीक फर्म, कम्पनी तथा संघसंस्थाहरुले गुणस्तरीय सेवा उपभोग गरी लाभान्वित हुने र स्थानीय सर्वसाधारणमा बैंकिङ्ग बानीको विकासमा अभिवृद्घि भई स्थानीयस्तरको सम्पूर्ण आर्थिक कारोबार बैंकिङ्ग प्राणालीमा प्रवेश गर्नुका साथै यस क्षेत्रको समग्र आर्थिक उन्नतीमा जुम्ला शाखा कार्यालयले महत्वपूर्ण भूमिका निर्वाह गर्नेछ भन्ने बैंकले विश्वास लिएको छ ।

    प्रतिकृया दिनुहोस्