News Portal

क्लासिक टेकको १०० औं आउटलेट कलंकीमा बिस्तार, उद्घाटन ब्राण्ड एम्बेस्डरबाट

डबली संवाददाता२०७७ फागुन १० गते
३० पटक

काठमाडौं । नेपालको अग्रणी र ठूलो नेटवर्क सेवा प्रदायक कम्पनी क्लासिक टेकले आफ्नो नयाँ आउटलेट कलंकीमा बिस्तार गरेको छ । कम्पनीले कलंकी, छाउनी, रामकोट, स्वयम्भु , चन्द्रागिरि क्षेत्र, थानकोट लगायतका ठाउँहरुमा आफ्नो सेवा दिईरहेको छ र यसै ठाउँहरुको भित्री सानो सानो ठाउँमा पनि सेवा सुबिधा बढाउने उद्देश्यले कलंकीमा सेवा बिस्तार गरेको हो।

क्लासिक टेकको नयाँ आउटलेट कम्पनीको १०० औं आउटलेट पनि हो र हरेक आउटलेटमा बिल्लिङ्, कस्टमर सपोर्ट र मार्केटिङग गरेर २५ जना स्टाफ राखिएको कम्पनीले जानकारी दिएको छ।

क्लासिक टेक १२ वर्ष पुग्दासम्म ४९ वटा आउटलेट थियो तर कोरोना महामारीको कारण भएको लकडाउनपछि ५१ वटा आउटलेट बिगत ८ महिनामा तीब्र र आक्रामक गतिमा आफ्नो सेवा र आउटलेट बिस्तार गर्दै गएको छ ।

कम्पनीले कस्टमर सपोर्ट र पेमेन्ट गर्न छिटो र छरितो बनाउनको लागि आउटलेट खोलेको हो । सानोभन्दा सानो सेवा पनि छिटो र छरितो समाधान हुने कम्पनीले अपेक्षा गरेको छ ।

कम्पनीले ७४ वटा जिल्लामा कर्पोरेटहरु र बैंकहरुलाई ईन्टरनेट र इंट्रानेट सेवाहरु दिँदै आईरहेको छ भने यो आर्थिक वर्षभित्र FTTH को माध्यमबाट होम युजरलाई पनि सेवा दिनको लागि १०० वटा थप आउटलेट खोल्ने लक्ष्य लिएको छ र यसै महिना पश्चिममा नेपालगंज र पूर्वमा दमक र बिर्तामोडमा आउटलेट खोल्ने तयारी भइरहेको कम्पनीका प्रमुख सेल्स एण्ड मार्केटिंग अफिसर बिनय कुमार अधिकारीले बताए ।

कम्पनीले कलंकीमा स्थापना गरेको नयाँ आउटलेटबाट सो क्षेत्रका सेवाग्राहीहरुलाई केही महिनाको लागि नेपालकै सस्तो र उच्च गतिको २० एमबीपीएस इन्टरनेट र आईपीटिभी मात्र रु ७९९ प्रति महिनामा उपलब्ध गराईरहेको छ ।

त्यसैगरी १ वर्षसम्मको कुनैपनि प्याकेजमा रिचार्ज गर्दा ३० प्रतिशतसम्म नगद छुट र साथमा २ महिना बोनस पनि क्लासिक टेकले आफ्ना पुराना ग्राहकहरुलाई प्रदान गरिरहेको छ । त्यस्तै, आईपिटिभीको १५० च्यानलहरु सित्तैमा रिचार्ज गर्दा हेर्न पाउने छन् ।

प्रतिकृया दिनुहोस्