News Portal

नेकपाका सचिवालय सदस्य बास्तोला सर्वोच्च अदातल परिसरबाटै पुनः प.क्राउ, काभ्रे लैजाने तयारी

डबली संवाददाता२०७७ फागुन १० गते
३६ पटक

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका सचिवालय सदस्य धर्मेन्द्र बाँस्तोलालाई प्रहरीले फेरि प’क्राउ गरेको छ । बाँस्तोलालाई सर्वोच्च अदालतले रिहा गर्न आदेश दिएपनि प्रहरीले अदालत परिसरबाटै पुनः प’क्राउ गरेको हो ।

यसअघि सर्वोच्च अदालतले रिहा गर्न आदेश दिएपनि प्रहरीले पुनः पक्राउ गरेको थियो । प्रहरीले गैरकानुनी रुपमा बन्दी बनाएको भन्दै अनिमा बाँस्तोला भण्डारीले बन्दीप्रत्यक्षीकरण रिट दायर गरेकी थिइन् ।

उक्त रिटमाथि सोमबार न्यायाधीश मीरा खड्का र सुष्मालता माथेमाको इजलासले रिहा गर्न रिहा गर्न आदेश दिएको थियो । तर, अदालतको आदेशमा रिहा भएलगत्तै प्रहरीले सर्वोच्च परिसरबाट प’क्राउ गरेको छ ।

बास्तोला‍विरुद्ध काभ्रेमा पुरानो मुद्दा बाँकी रहेकाले पुनः प’क्राउ गरिएको महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख एआईजी हरि पालले बताएका छन् । उनका अनुसार बास्तोलालाई आजै काभ्रे पठाउने तयारी भएको छ ।

पुस २९ गते प्रहरीले उनलाई ललितपुर र मकवानपुरको सीमाक्षेत्रबाट प’क्राउ गरेको थियो । त्यससता उनलाई प्रहरीले सर्वोच्चले रिहा गर्ने आदेश दिएपनि पटकपटक प’क्राउ गर्दै आएको छ ।

सरकारले नेकपासँग वार्ता गर्ने बताएको थियो । जवाफमा नेकपाका महासचिव विप्लवले विज्ञप्ति नै जारी गरेर आफ्नो पार्टी पनि वार्ताको लागि सकारात्मक भएको बताएका थिए । सरकारले नेकपामाथिको प्रतिबन्ध आजसम्म फिर्ता लिने तयारी ग‍रेको बताइए थियो । बास्तोलालाई पुनः प’क्राउ गरेपछि वार्ताप्रति सरकार इमान्दार नभएको टिप्पणी हुन थालेको छ ।

प्रतिकृया दिनुहोस्