
नेपालगंज । अनेरास्ववियु (क्रान्तिकारी)ले भागरथी भट्ट, निर्मला पन्त, सम्झना बिकलगायत सम्झनामा दीप प्रज्वलन गरेको छ । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी निकट अखिल क्रान्तिकारीले भेरी कर्णालीका सबै जिल्लाहरुमा आइतबार साँझ दीप प्रज्वलन गरेको हो ।
अखिल क्रान्तिकारीका भेरी कर्णाली क्षेत्रीय समन्वय समिति संयोजक हर्कबहादुर बिकका अनुसार बाँके जिल्ला समितिले नेपालगंजको सेतु बिक चोक र कोहलपुर चौराहमा दीप बालेर पीडितलाई न्यायको माग गरेको छ ।
संगठनको सुर्खेत जिल्ला समितिले विरेन्द्रनगरस्थित मंगलगढी चोक र मध्यपश्चिम विश्वविद्यालय अगाडि दीप बाल्दै अखिल क्रान्तिकारीका नेताहरुले पीडित छात्राको सम्झना गर्दै न्याय नपाए संगठन संघर्षमा उत्रिने बताएका थिए ।
त्यसैगरी अखिल क्रान्तिकारीको अगुवाईमा विद्यार्थीहरुले जुम्ला, कालिकोट, दैलेख, जाजरकोट, बर्दियालगायत भेरी कर्णालीका सबै जिल्लामा दीप प्रज्वलन गरेका छन् ।
सबै जिल्लाका सदरमुकाम, बजारमा दीप प्रज्वलन गरेको अखिल क्रान्तिकारीले जनाएको छ ।