नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सुदूरपश्चिम प्रदेश सम्पर्क कमिटी अन्तरगत अध्यक्षमा ईमानसिंह बटालाको अध्यक्षतामा अछाम -काठमाडौं सम्पर्क कमिटी चयन गरिएको छ ।
शनिबार काठमाडौंमा आयोजित वृहत राजनीतिक भेला तथा प्रशिक्षण कार्यक्रमपछि बटालाको अध्यक्षतामा ४१ सदस्यीय नयाँ कमिटी चयन भएको हो । कमिटीको उपाध्यक्षमा रुपबहादुर रावल, सचिव सिद्धप्रसाद ढुंगाना, सहसचिव रमेश भण्डारी, सहसचिव प्रकाश रावल र कोषाध्यक्षमा सत्य कुँवर रावल चयन भएका छन् ।
त्यसैगरी अन्य सदस्यहरुमा सन्तोष केसी, हरिस बिक, उमेश रावल, हितेश खड्का, देवेन्द्र भण्डारी, हर्कबहादुर बोहरा, प्रेमबहादुर कडायत, दिपेक भण्डारी, चेतमान साउँद, हिक्मत रावल, शंकर विष्ट र विनोद जैसीलगायत रहेका छन् ।
नवनिर्वाचित कमिटीलाई आजै पद तथा गोपनियताको शपथ खुवाइएको छ ।