News Portal

पेट्रोलियम पदार्थ बोकेको ट्यांकरसँग ठोक्किँदा यात्रुवाहक बसमा आगलागी, ५३ जनाको ज्यान गयो

डबली संवाददाता२०७७ माघ १५ गते
८८ पटक

काठमाडौं । पेट्रोलियम पदार्थ बोकेको ट्यांकरमा एक यात्रुवाहक बस ठोक्किँदा आगलागी भएर ५३ जनाको ज्यान गएको छ । यो घटना क्यामरुनको हो । अन्तर्राष्ट्रिय समाचार एजेन्सीहरुका अनुसार क्यामरुनको मध्य पश्चिमी क्षेत्रमा पर्ने क्लिफ अफ डिस्चाङ भन्ने स्थानमा बुधबार उक्त घटना भएको थियो ।

स्थानीय प्रहरीलाई उदृत गर्दै समाचारमा अन्य २९ जना गम्भीर घाइते भएको उल्लेख गरिएको छ । दुर्घटनामा परी मृत्यु भएकाहरूको शव जलेकाले पहिचान गर्न कठिन भएको स्थानीय अधिकारीहरुले जनाएका छन् । बसमा ७० सिट रहेको भएपनि कति जना सवार थिए भन्ने यकिन हुन नसकेको बताइएको छ ।

घटनाको अनुसान्धान भइरहेको छ । प्रारम्भिक विवरणअनुसार पेट्रोलियम पदार्थ ढुवानी गर्ने ट्यांकरका चालकले नियन्त्रण गुमाएकाले दुर्घटना भएको बताइएको छ ।

ट्यांकर ‍र बस विपरित दिशाबाट आइरहेको बुझिए पनि घाइतेको अवस्था पनि गम्भीर भएकोले घटना कसरी भएको भन्नेबारे यथार्थ पत्ता लाग्न नसकेको सरकारी अधिकारीहरुले बताएका छन् ।

प्रतिकृया दिनुहोस्