News Portal

  • काठमाडौंमा डरलाग्दो दुर्घटना, सडकमै पल्टियो बस 

    डबली संवाददाता२०७७ माघ १ गते
    ६२ पटक

    काठमाडौं । काठमाडौंमा विहानै दुर्घटना भएको छ । रत्नपार्क–भद्रकाली सडकखण्डमा बा ३ ख ४४३७ नम्बरको एक यात्रुबाहक बस बीच सडकमै पल्टिएर दुर्घटना भएको हो ।

    चन्द्रागिरि यातायातको बस विहीबार विहान ७ः५५ बजे भद्रकाली नजिकैको आकासे पुल नजिक पल्टिए दुर्घटना हुँदा दुई जना घाइते भएका छन् । विहानै भएकोले बसमा तीन मात्रै सवार थिए ।

    बस एकाएक सडकमा पल्टिन पुगेको थियो । दुर्घटनामा चालक र एक जना बच्चा घाइते भएको प्रहरीले बताएको छ । उनीहरुको ट्रमा सेन्टरमा उपचार भइरहेको छ । घाइतेमध्ये चालकको अवस्था गम्भीर रहेको बताइएको छ । बस दुर्घटनाका कारण पत्ता लागेको छैन । बसमा सवार एक अर्का व्यक्ति भने फरार छन् । प्रहरीले उनको खोजीकार्य गरिरहेको छ ।

    चालकले नियन्त्रण गुमाएर बस दुर्घटना भएको अनुमान गरिएको छ । विहानैबाट व्यस्त हुने उक्त स्थानमा बस पल्टिएपछि अन्य सवारी साधन भने दुर्घटनाबाट बचेका छन् । तर व्यस्त सडकबीचमा यसरी बस पल्टिन डरलाग्दो दुर्घटना मानिन्छ । बसलाई सडकबाट साइटतिर सारिएको छ ।

    प्रतिकृया दिनुहोस्