News Portal

इरानले भन्यो- हाम्रा आणविक वैज्ञानिकलाई इजरायलले मारेको हो, बदला लिएरै छोड्छौं

डबली संवाददाता२०७७ मंसिर १५ गते
१२५ पटक

काठमाडौं । इरानले आफ्ना आणविक वैज्ञानिकको ह त्याप्रति इजरायलले गरेको बताउँदै बदला लिने चेतावनी दिएको छ । इरानका शीर्ष नेताका सल्लाहकार कमल खराजीले आफ्ना वैज्ञानिकको हत्याराका पहिचान भएकाले निर्णयक जवाफ दिने चेतावनी दिएका  हुन् ।

इरानका आणविक वैज्ञानिक मोहसेन फक्रिजादेशमाथि ३ दिनअघि हमला भएको थिए । हमलाबाट गम्भीर घाइते भएका उनको उपचारको क्रममा निधन भएको थियो । यस घटनामा इजरायलको मुख्य हात रहेको इरानले बताएको छ ।

उक्त घटनामा लगत्तै इरानले इजरायलको नाम नलिएरै ह त्याराको पहिचान भइसकेको बताउँदै बदला लिने बताएको थियो । घटनाको दुई दिनपछि इरानी अधिकारीले इजरायलको योजनामा वैज्ञानिक मोहसेन मारिएको बताउँदै उपयुक्त र निर्णयक बदला दिने चेतावनी दिएका छन् ।

यसअघि सन् २०१० देखि यता इजरायलले इरानी परमाणु वैज्ञानिकहरुको ह.त्या गर्दै आएको छ । तर इजरायलले इरानको आरोप अस्वीकार गरेको छ । प्रधानमन्त्री बेन्जामिन नेतान्याहरुले इरानको आरोपमा सत्यता नभएको बताए ।

इरानले इजरायल अमेरिकी कठपुतली भएको बताउँदै उसको उद्देश्य पूरा गर्न उपयोग भएको आरोप लगाएको छ । अमेरिकाले इरानी परणाणु वैज्ञानिकको ह त्या गर्न इजरायललाई अगाडि सारेको बुझाइ इरानको छ ।

सन् २०१८ देखि इरान र अमेरिकाबीच तनाव बढिरहेको छ । राष्ट्रपति डोनाल्ड ट्रम्पले सन् २०१५ मा आणविक गतिविधि बढेको भन्दै इरानमाथि प्रतिबन्ध लगाएसँगै थप तनाव बढेको हो ।

आफ्नो आणविक कार्यक्रम अगाडि बढाउने भनिरहेको बेला शिर्ष वैज्ञानिक मारिनु इरानलाई क्षति पुगेको छ । इरानसँग यस्ता वैज्ञानिक अरु पनि भएकोले आणविक कार्यक्रम भने नरोकिने बताइएको छ ।

 

प्रतिकृया दिनुहोस्