News Portal

सरकारले भन्यो – ट्रान्सपरेन्सी इन्टरनेशनलको भ्रष्टाचार सम्बन्धी प्रतिवेदन प्रतिवेदन मान्दैनौं

डबली संवाददाता२०७७ मंसिर १४ गते
९४ पटक

काठमाडौं । सरकारले ट्रान्सपरेन्सी इन्टरनेशनलको भ्रष्टाचार सम्बन्धी प्रतिवेदनलाई नमान्ने बताएको छ । आइतबार बसेको मन्त्रिपरिषद् बैठकले रिपोर्ट पू्वाग्रह र भ्रामक रहेको भन्दै अस्वीकार गर्ने निर्णय गरेको हो ।

सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले ट्रान्सपरेन्सी इन्टरनेशनलको रिपोर्ट मिसनमा आधारतमा तयार पारिएको बताउँदै सरकारलाई मान्य नहुने बताए ।

मन्त्रिपरिषद्को बैठक सार्वजनिक गर्न मन्त्रालयमा आइतबार आयोजित पत्रकार सम्मेमलनमा बोल्दै गुरुङले मिसनका आधारमा तयार गरिएको रिपोर्ट कुनै पनि हालतमा सरकारलाई मान्य नहुने स्पष्ट बताएका हुन् ।

सरकारले ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालमा आवद्ध व्यक्तिहरु राजनीतिक पूर्वाग्रह राख्ने व्यक्तिहरु भएकाले उनीहरुले बनाएको रिपोर्ट विश्वसनीय नै नहुने गुरुङले बताए ।

रिपोर्टमा नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले नै भ्रष्टाचारको संरक्षक बनेको उल्लेख गरिएको थियो ।

प्रतिकृया दिनुहोस्