News Portal

हार्दिक श्रद्धाञ्जलीः म्याराडोना क्रान्तिकारी कम्युनिस्ट थिए, नेपालका कम्युनिस्टको सम्मान गर्थे

डबली संवाददाता२०७७ मंसिर १२ गते
२०५ पटक

काठमाडौं । विश्व चर्चित फुटबलका महान खेलाडी डिएगो म्याराडोनाको अन्त्येष्टी गरिएको छ । फुटबल प्रशंसकबीच ‘भगवान’को उपमा पाएका म्याराडोनाको विहीबार अन्त्येष्टि गरिएको हो । म्याराडोनाको राजधानीस्थित ब्युनस आयर्सस्थित आफ्नै निवासमा हृदयघातबाट बुधबार निधन भएको थियो ।

दुई हप्ताअघि मात्र मस्तिष्कमा रगत जमेपछि शल्यक्रिया गरेर घरमै आराम गरिरहेका थिए । उनको मृत्युको खबरले संसारभरका प्रशंसकलाई दुःखी बनाएको थियो । कोरोनाका कारण मानिसहरुलाई जम्मा हुन लगाएको प्रतिबन्धलाई चिर्दै हजारौं अर्जेन्टेनी नागरिक रुँदै सडकमा निस्किएका थिए । उनको पार्थिव शरीर एक निजी समारोहकाबीच ब्युनस आयर्सको चिहान घरमा अन्त्येष्टी गरिएको छ ।
फुटबलबाटै विश्वमा अर्जेन्टिनाको सान बनाएका ६० वर्षीय म्याराडोनाले विश्वभर रहेका प्रशंसकहरु रुँवाएर बिदा भएका छन् । यतिबेला विश्व फुटबल क्षेत्र नै शोकमा डुबेको छ ।

अर्जेन्टिनी सरकारले देशभर तीन दिने राष्ट्रिय शोक नै घोषणा गरेको छ । बिहीबार भएको अन्त्येष्टीमा परिवारका सदस्य, आफन्त र नजिकका साथि गरी करिब दुई दर्जन मानिस सहभागी भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

संसारलाई रुवाउँदै बिदा भएका म्याराडोनाको निजी समारोहमा अन्त्येष्टी गरिने भएपनि कफिन लैजादै गर्दा हजारौं मानिसहरु सडकमा निस्किएका थिए । प्रहरीले भिड नियन्त्रण गर्न भन्दै सुरक्षकर्मीले गरेको अश्रुग्यास प्रहारको कुनै प्रवाह नगरी मानिसहरु म्याराडोनाको कफिन तर्फ चुम्बन गर्दै रोइरहेका थिए ।

अर्जेन्टिना सरकारले म्याराडोना देशलाई विश्वकपको ताज पहि¥याउने राष्ट्रिय हिरो बताएको छ । उनको निधनमा अर्जेन्टिनीहरु कल्पनै गर्न नसकिने शोकमा डुबेका छन् ।

राजधानीको बाहिरी क्षेत्रमा रहेको बेला भिस्टा चिहान घरमा म्याराडोनाको पार्थिव शरीर गाडिएको छ । ८० को दशकका सफल खेलाडी म्याराडोना विश्वकै अहिलेसम्मका सर्वाधिक सफल र लोकप्रिय खेलाडी मानिन्थे । यसअघि म्याराडोना कोरोना भाइरसको कारण सेल्फ आइसोलेसनमा रहेका थिए । उनका बडीगार्डलाई कोरोना देखिएपछि उनी सेल्फ आइसोलेसनमा बसेका थिए । म्याराडोनाले ६० औं जन्म दिनसमेत आइसोलेसनमा मनाएका थिए ।म्याराडोनाको कप्तानीमा अर्जेन्टिनाले सन् १९८६ को विश्वकप फुटबल जितेको थियो । चार वर्षपछि सन् १९९० को विश्वकपमा क्याराडोनाकै नेतृत्वमा फाइनलसम्म पुगेको थियो ।

सन् १९९४ मा भएको विश्वकपमा अमेरिकाले षड्यन्त्र गरेर ड्रग टेष्टमा भन्दै देश फकाईएका थियो । यसलाई अर्जेन्टिनाले षड्यन्त्र गरेको भन्दै आएको छ ।

त्यसपछि म्याराडोनाको खेल करियर र जिवनमा दोस्रो इनिङ सुरु भयो । ३७ वर्षको उमेरमा सन् १९९७ मा उनले खेलाडी जिवनबाट सन्यास लिए ।

म्याडोना एक क्रान्तिकारी कम्युनिस्ट थिए । उनको फिडेल क्याष्ट्रोसँग नजिकको सम्बन्ध थियो । त्यस्तै ह्यगो चावेजलगायतका नेताहरुसँग पनि उनको बाक्लो भेटघाट हुन्थ्यो । उनी चे ग्वारा त म्याराडोनाका प्रेरणाका स्रोत हुन् । चेको शाहस र सामुहिक भावना नै म्याराडोना आत्मासात गरेर सफल भएको बताइएको छ । उनले शरीरका विभिन्न भागमा चे र क्यास्ट्रोको फोटोको ट्याटू बनाएका थिए । उनी खेलको बीचमा ती ट्याटू प्रसंशक र शुभचिन्तकलाई देखाउथे । क्युबाका तत्कालिन राष्ट्रपति फिडेल क्याष्ट्रोसँग घनिष्ठ सम्बन्धकै कारण म्याराडोनाले जिवनको केही सयम क्युबामै बिताए ।

म्याराडोना एक क्रान्तिकारी कम्युनिस्ट थिए । सानैदेेखि कम्युनिस्ट सिद्धान्तबाट प्रभावित म्याराडोना विश्व चर्चित क्रान्तिकारी चे को जीवन र सिद्धान्तबाट प्रभावित भएर कम्युनिस्ट भएको नजिकका सहकर्मीसँग म्याराडोनाले बताउने गरेका थिए । म्याराडोनाले फुटबलमार्फत पुँजीवादी र साम्राज्यावादीलाई हराउन उद्देश्य लिएर खेलमा प्रवेश गरेका थिए । उन‍ी फुटबलमा प्रवेश गरेको समयमा खेल क्षेत्रमा सामाजवादी शिविरको फुटवलमा कमजोर उपस्थिति थियो । त्यही देखेर उनले फुटबल खेल्न थालेको परिवारले बताउने गरेका थिए । म्याराडोनाको नीजि पुस्तकालयमा नेपालसहित विश्व कम्युनिस्ट आन्दोलनको इतिहास र नेताका जीवनलगायतका पुस्तकहरु छन् । उनले नेपालसहित विश्वका कम्युनिस्ट नेताको उच्च सम्मान गर्थे ।

म्याराडोनाले आफ्नो देशका लागि खेलेका ९१ खेलमा ३४ गोल गरेका छन् । सन् १९८६ को विश्वकपमा इंग्ल्याण्ड विरुद्धको क्वाटरफाईनल खेलमा म्याराडोनाले गरेको गोललाई विश्व फुटबलमा एउटा चमत्कार मानिन्छ । हातले गरेको उनको सो गोललाई ‘ह्याण्ड अफ गड’ भनेर ब्याख्या गरिएको छ । म्याराडोनाको निधनले नेपाली प्रसंशक र समर्थकहरु पनि दुःखी भएका छन् ।

प्रतिकृया दिनुहोस्