News Portal

वि.पि.कोइराला क्यान्सर अस्पतालको क्वाटर पूर्वकर्मचारीको कब्जामा, अस्पताल बृद्धाश्राम बन्ने चिन्ता

डबली संवाददाता२०७७ मंसिर १२ गते
१०७ पटक

चितवन । वि.पि.कोइराला मेमोरियल क्यान्सर अस्पतालको क्वाटरमा पूर्वकर्मचारीले कब्जा जमाएका छन् । उमेर ६० वर्ष पुगेर अनिवार्य अवकास पाएका केही पूर्वकर्मचारीहरू वर्षौंदेखि क्वाटरमा कब्जा जमाइरहेका छन् ।

अनिवार्य अवकास पाएर पनि क्वाटर नछाडेका पूर्वकर्मचारीको उपदान समेत अस्पतालले रोकेको छ । अवकास पाएका पूर्वकर्मचारीहरू क्वाटरमै बसेर अस्पतालले आयोजना गरेको विदाई, सम्मान र अभिनन्दनमा पनि जाँदैनन् ।

बि.सं. २०७६ सालमै अनिवार्य अवकास पाएका पूर्वकर्मचारी भोला शिवाकोटीले केही रकम बाँकी राखेर उपदान समेत लिएर क्वाटर नछोडेको र पुनः जागिरको लागि लविङ गरिरहेका छन् । अनिवार्य अवकास पाएका केही पूर्वकर्मचारीले फेरि जागिर खान पाउँ भनी निवेदन गरेका छन् । यसअघि एकजना पूर्वकर्मचारीहरूलाई अस्पतालले पुनः जागिरमा लगाएपछि अवकास हुने कर्मचारीहरुले पनि त्यसैगरी आफूले निरन्तरता दिन पाउनु पर्ने बताउँदै आएका छन् ।

अवकास भएका कर्मचारीहरुले पुनः जागिरको लागि निवेदन गर्ने तयारी भइरहेको छ । अस्पताललाई दीर्घकालीन रूपमा असर पर्न सक्ने भन्दै अनिवार्य अवकास पाएका कर्मचारीहरूलाई कुनै बहानामा पुनः जागिर दिन नहुनेमा अन्यको जोड छ ।

अहिले अवकास भएका कर्मचारीलाई पुनः काममा लगाए यो नजिर बस्ने र अस्पतालमा ठूलो आर्थिक संकट पर्न अन्य कर्मचारीको चिन्ता छ । अवसका भएका कर्मचारीलाई पुनः काममा लगाउँदा अस्पताल बृद्धाश्रम बन्ने चिन्ता बढेको छ ।

प्रतिकृया दिनुहोस्