News Portal

  • कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १४ सय नाघ्यो, थप १६१४ जना संक्रमित 

    डबली संवाददाता२०७७ मंसिर ११ गते
    १३६ पटक

    काठमाडौं । कोरोना भाइरस संक्रमाणबाट नेपालमा ज्यान गुमाउनेको संख्या  १४ सय जना नाघेको छ । पछिल्लो २४ घण्टामा थप २३ जना संक्रमितको निधन भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । योसँगै कोरोनाबाट ज्यान गुमाउनेको संख्या १ हजार ४ सय १२ पुगेको छ ।

    त्यसैगरी थप १ हजार ६१४ जना संक्रमित थपिएका छन् । यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या २ लाख २७ हजार ६४० पुगेको मन्त्रालयले जनाएको छ । त्यस्तै, आज थप १ हजार ४३७ जना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना भाइरस जित्नेको संख्या २ लाख ९ हजार ४३५ पुगेको मन्त्रालयले जनाएको छ ।

    केही दिनदेखि संक्रमित भन्दा कोरोनामुक्त हुनेको संख्या बढी थियो तर विहीबार फेरि संक्रमित संख्या बढी भएको छ । झण्डै २ सय संक्रमित बढी भएपनि चिन्ता बढेको छ ।

    विहीबार देशभर कोरोनाका सक्रिय संक्रमितको संख्या १६ हजार ७९३ जना रहेको मन्त्रालयको जनाएको छ । यस्तै हालसम्म १७ लाख जनाको पीसीआर परीक्षण भइसकेको छ ।

    प्रतिकृया दिनुहोस्