News Portal

भारतीय विदेश सचिव श्रृङ्गला काठमाडौं पुगे, प्रधानमन्त्री र राष्ट्रपतिलाई भेट गर्ने तालिका

डबली संवाददाता२०७७ मंसिर ११ गते
८७ पटक

काठमाडौँ । भारतीय विदेश सचिव हर्षबर्द्धन शृङ्गला नेपाल आइपुगेका छ्न । दुई दिने नेपाल भ्रमणको क्रममा शृङ्गला विहीबार काठमाडौं आइपुगेका हुन् ।

बिहान ११ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएका उनले आजैबाट उच्चस्तरिय भेटवार्ता सुरु गर्नेछन् । नयाँ दिल्लीबाट विशेष विमानबाट नेपाल आएका शृङ्गलाद्वारिका होटल बसेका छन् । उनी नेपाल रहँदासम्म उनी द्वाारिकामै बस्ने बताइएको छ ।

आजै परराष्ट्र मन्त्रालयमै परराष्ट्र सचिव भरत पौड्यासँग भेटघाट गरेलगलत्तै परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीसँग भेटघाट तय भएको छ । ज्ञवालीसँग दुई देशको सम्बन्धको बारेमा कुराकानी गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

विदेश सचिव शृङ्गलाले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ ।

प्रतिकृया दिनुहोस्