News Portal

नेपालका १३६१ सहित कोरोनाबाट ज्यान गुमाउनेको संख्या १४ लाख १४ हजार नजिक

डबली संवाददाता२०७७ मंसिर १० गते
१०९ पटक

काठमाडौँ । नेपालका १ हजार ३६१ सहित विश्वभर कोरोना भाइरस सङ्क्रमणका कारण ज्यान गुमाउनेको संख्या १४ लाख १४ हजार नजिक पुगको छ ।

कोरोनाबारे अपडेट गराइरहेका साइटहरुका अनुसार विश्वभर बुधबार बिहानसम्म विश्वमा कोरोनाका कारण १४ लाख १३ हजार ८५० जनाको ज्यान गएको छ ।

त्यसैगरी नेपालका २ लाख २४ हजार ७८ सहित कोरोनाबाट ६ करोड ७९ हजार ९१४ जना संक्रमित भएका छन् । केही दिनदेखि घटेको संक्रमणदर मङ्गलबार भने ५ लाख ३४ हजार ७०१ जना सङ्क्रमित भएका थिए ।

वल्डोमिटर्सका अनुसार अहिलेसम्म ४ करोड १५ लाख ११ हजार ८२४ जना कोरोना सङ्क्रमणमुक्त भएका छन् भने विश्वभर  १ करोड ७१ लाख ५४ हजार ३५७ जना सक्रिय सङ्क्रमितको सङ्ख्या रहेका छन् । जसमध्ये १ लाख ३ हजार ५६६ जनाको अवस्थागम्भीर रहेको पनि ले जनाएको छ ।

कोरोनाबाट सबैभन्दा बढी प्रभावितको सूचीको पहिलो नम्बरमा अमेरिका नै छ । अहिलेसम्म अमेरिकामा २ लाख ६५ हजार ८७३ जनाले ज्यान गुमाइसकेका छन् भने सङ्क्रमित सङ्ख्या १ करोड २९ लाख ५१ हजार ७२९ पुगको छ ।

दोस्रो धेरै सङ्क्रमित रहेको नेपालको दक्षिणी छिमेकी भारतमा कोरोना सङ्क्रमित सङ्ख्या ९२ लाख २१ हजार ९९८ पुगेको छ । अहिलेसम्म भारतमा १ लाख ३४ हजार ७४३ जनाले ज्यान गुमाएको जनाइएको छ । नेपाल भने सङ्क्रमित देशको सूचीममा ३७ औँ स्थानमा रहेको पनि समाचारमा जनाइएको छ

प्रतिकृया दिनुहोस्