News Portal

बार्दिबास घटनाः प्रहरीको गोलीबाट घाइते न्यौपानेको मृत्यु, कार्कीको अवस्था गम्भीर

डबली संवाददाता२०७७ मंसिर १० गते
१०७ पटक

काठमाडौं । बर्दिबासमा बलात्कारपछि हत्या गरिएकी ६ बर्षीय बालिका गुलाब खातुनलाई न्याय माग्दै गरिएको प्रदर्शनमाथि प्रहरीले दमन गरेको छ । पीडितलाई कारवाहीको माग गर्दै सडकमा निस्केका बुद्धिराज न्यौपानेको प्रहरीको गोलीबाट मृत्यु भएको छ ।

मंगलबार भएको प्रदर्शनमाथि प्रहरीले गोली चलाउँदा न्यौपाने गम्भीर घाइते भएका थिए । बर्दिबास–१ न्यौपाने को उपचारकै मंगलबार राति उपचारको क्रममा मृत्यु भएको हो । बालिकाको बलात्कारपछि ह.त्यामा संलग्न भएका भनिएका महोत्तरीकै गौशाला नगरपालिका वडा नम्बर ५ का अरुण कुमार साहलाई कडाभन्दा कडाभन्दा कडा कारवाहीको माग गर्दै स्थानीय सडकमा निस्किएका थिए ।

हाल साह बर्दिबासमा घर बनाएर बस्दै आएका साहको ३ तले घरमा समेत स्थानीयले आगजनी गरेका थिए । साहले बालिकाको ह त्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । उनलाई प्रहरीले पक्राउ गरिसकेको छ । साहले बालिकाको शव बोरामा हालेर बर्दिबास–१४ स्थित उनको घरनजिकै फालेको बताइएको छ ।

बलात्कारपछि बालिकका ह.त्या भएको भन्दै आफन्त तथा स्थानीय बासिन्दा दोषीलाई कारबाही गर्नुपर्ने माग सहित शव सडकमा राखेर प्रदर्शनमा उत्रिएका छन् ।

त्यसैगरी प्रहरीको गोली लागी घाइते भएका बर्दिबास–५ का श्याम कार्कीको अवस्था पनि गम्भीर रहेको छ । स्वास्था गम्भीर भएपछि दुबै जनालाई उपचारको लागि मंगलबार दिउँसो ३ बजे हेलिकप्टरबाट काठमाडौं ल्याइएको थियो ।

काठमाडौंको ग्रान्डी अस्पतालमा उपचारकै क्रममा न्यौपानेको राति १ बजे मृत्यु भएको र कार्कीको उपचार भइरहेको छ ।

प्रतिकृया दिनुहोस्