News Portal

नेपालमा सक्रिय संक्रमित १७ हजारमा झर्यो, कोरोनाबाट १३६१ जनाको ज्यान गयो

डबली संवाददाता
१२८ पटक

काठमाडौं । नेपालमा कोरोना संक्रमण दर घटेसँगै सक्रिय संक्रमितको संख्या १७ हजामार झरेको छ । पछिल्ला केही दिन लगातार संक्रमित भन्दा कोरोनामुक्त हुनेको संख्या बढी छ । मंगलबार देशभर सक्रिय संक्रमित १७ हजार ८५९ रहेका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मंगलबार १ हजार ७९० जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ भने २ हजार ७९१ जना कोरोनामुक्त भएका छन् ।

आज संक्रमितमध्ये महिला ७२१ र पुरुष १०६९ जना रहेको मन्त्रालयले जनाएको छ । सबैभन्दा बढी काठमाडौं उपत्यकामा ९४७ जना थपिएका छन् । आज सबैभन्दा कम कर्णाली प्रदेशमा १३ जना संक्रमित थपिएका छन् । त्यस्तै प्रदेश १ मा २४९, प्रदेश २ मा ३७, बागमती प्रदेशमा १०७८, गण्डकी प्रदेशमा १४८ र सुदूरपश्चिम प्रदेशमा ७६ जनामा संक्रमित भएका छन् ।

देशभर कोरोना संक्रमितको कुल संख्या २ लाख २४ हजार ७८ पुगेको छ । जसमध्ये २ लाख ४ हजार ८५८ जना कोरोनामुक्त भएर सामान्य जीवनमा फर्किएका छन् । नेपालमा निको हुने दर ९१ प्रतिशत पुगेको छ ।

त्यसैगरी पछिल्लो २४ घण्टामा थप २४ जनाको ज्यान गएको छ । योसँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या १ हजार ३६१ पुगेको छ । मंगलबार क्वारेन्टिनमा ६२७ जना रहेका छन् ।

प्रतिकृया दिनुहोस्