News Portal

खोड्पे बस दुर्घटनाका सबै ९ जना मृतककै सनाखत 

डबली संवाददाता२०७७ कात्तिक २८ गते
१४२ पटक

धनगढी । बैतडीको खोड्पेमा भएको बस दुर्घटनाका मृतकको सनाखत भएको छ । दशरथचन्द राजमार्गअन्तर्गत बैतडीको पाटन नगरपालिका-८ खोड्पेमा बिहीबार राति दुर्घटनामा परी ज्यान गुमाउने ९ जनाकै सनाखत भएको छ ।

प्रहरीका अनुसार दुर्घटनमा बैतडीका ३ जना, दार्चुला, कञ्चनपुर र कैलालीका २/२ जना गरी ९ जनाको निधन भएको थियो । जसमध्ये बैतडीको दोगडाकेदार-६ सित्तडका २५ वर्षीय प्रहरी जवान रणबहादुर चन्द, सित्तडकै २७ वर्षीय करनसिंह ऐर, दोगडाकेदार गाउँपालिकामा कार्यरत कर्मचारी कवीन्द्र जोशी, दार्चुलाको लेकम गाउँपालिका-४ का तर्कराज गिरी र दार्चुलाको मालिकार्जुन गाउँपालिका-५ का जगन्नाथ ओझाको निधन भएको हो ।

त्यसैगरी कञ्चनपुरको भिमदत्त नगरपालिका-८ तिलाचौरका १५ वर्षीया कृतिका कार्की, सोही नगरपालिका-१० का विज्ना धामी र धनगढी उपमहानगरपालिका-४ का नरेन्द्र चौधरी र सोही धनगढीकै वडानम्बर १८ का ऋषिराम चौधरीको पनि निधन भएको प्रहरीले बताएको छ ।

मृतकमध्ये १ उपचारको क्रममा र ८ जनाको घटनास्थलमै ज्यान गएको थियो ।

प्रतिकृया दिनुहोस्