News Portal

बाइडनले थाले सरकार बनाउने गृहकार्य, आफूसँग प्रतिस्पर्धा गरेका बर्नी स्याण्डर्स श्रममन्त्री बनाउँदै

डबली संवाददाता२०७७ कात्तिक २८ गते
१३० पटक

काठमाडौं । अमेरिकाका नवनिर्वाचित राष्ट्रपति जो बाइडनले सरकार निर्माणको गृहकार्य थालेका छन् । डेमोक्रेटिक पार्टीको प्रारम्भिक निर्वाचनमा जो आफूसँग अन्तिमसम्म प्रतिष्पर्धा  गरेका समाजवादी नेता बर्नी स्याण्डर्सलाई श्रममन्त्री बनाउने बिडेनले छलफल चलाएका छन् ।

उक्त छलफललाई बर्नीले बाइडनले श्रममन्त्री बन्न प्रस्ताव गरेमा त्यसलाई सहजतापूर्वक स्वीकार्ने प्रतिक्रिया दिएका छन् । अमेरिकी संचारमाध्यमहरुका अनुसार बिडेनले आफ्ना प्रतिस्पर्धीलाई नै मन्त्री बनाउन छलफल थालेको जानकारी पाएपछि बर्नीले सकारात्मक प्रतिक्रिया दिएका हुन् ।

लामो समयदेखि अमेरिकी राजनीति सक्रिय ७९ वर्षीय भर्मन्ट सिनेटर स्याण्डर्सले, सिनेटमा रहेर होस् वा बाइडन प्रशासनमा रहेर आफू मुलुकका कामकाजी परिवारको सुरक्षाका लागि सबैथोक गर्न तयार रहेको बताएका छन् । उनी ३० वर्षदेखि अमेरिकी संसदमा रहेका छन् ।

बाइडनको श्रमन्त्री बन्नुहुन्छ भन्ने प्रश्नमा स्याण्डर्सले कामकाजी परिवारको सम्पूर्ण सुरक्षाका लागि पक्कै पनि गर्ने बताए । स्याण्डर्सले सन् २०१६ र सन् २०२० को राष्ट्रपति उम्मेदवार बन्न डेमोक्रेटिक पार्टीभित्रको प्राइमरीमा अभियान चलाएका थिए ।  तर दुबै पटक प्रयास विफल भएपछि मन्त्री बन्न तयार भएका हुन् ।

चार वर्षअघि पार्टीको उम्मेदवारी हिलारी क्लिन्टनले जितिन् । यसपटक अन्तिमसम्म मैदानमा रहेका स्याण्डर्सले बाइडनलाई समर्थन गर्नुपरेको थियो । समाजवादी नीति र कार्यक्रमको वकालत गर्नुहुने नेताको पहिचान बनाएका स्याण्डर्सलाई युवा र परिवर्तनकामी मतदाताले समर्थन गरेका थिए ।

प्रतिकृया दिनुहोस्