डबली संवाददाता२०७७ कात्तिक २७ गते

काठमाडौं । विहीबार नेपालमा कोरोना संक्रमितको संख्या घटेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार वितेको २४ घण्टामा थप १ हजार ९१३ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा १० हजार २२ नमुना परीक्षण गरिएको मन्त्रालयले जनाएको छ । यससँगै कुल संक्रमितको संख्या २ लाख ४ हजार २४२ पुगेको छ ।
स्वास्थ्य तथा जनसख्ंया मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा मात्र २३४९ जना संक्रमणमुक्त भएका हुन् । योसँगै नेपालमा कोरोना जितेर घर फर्किनेको संख्या १ लाख ६४ हजार ५९२ पुगेको छ ।
त्यसैगरी विहीबार थप १५ जनाको कोरोना संक्रमितको ज्यान गएको छ । कोरोनाबाट ज्यान गुमाउनेको संख्या १ हजार १८९ पुगेको छ ।
विहीबार देशभर ३८ हजार ४६१ संक्रिय संक्रिमित छन् भने ९७४ जना क्वारेन्टिमा छन् ।
