
काठमाडौं । चीनले विदेशी हस्तक्षेप निम्त्याउने उद्देश्यले हङकङका १५ सांसदहरुले सामुहिक राजिनामा बताउँदै निन्दा गरेको छ । चीन प्रशासित हङकङका प्रजातन्त्रवादी सांसदहरुले सामूहिक राजीनामा दिएपछि हङकङ तथा मकाउ सम्बन्ध कार्यालयले बिहीबार प्रजातन्त्रवादी सांसदहरुको सामूहिक राजीनामाप्रति भत्र्सना गरेको हो । उसले चीनको केन्द्रीय सरकारविरुद्धको कदमका रुपमा ब्याख्या पनि गरेको छ ।
उक्त कार्यालयका प्रवक्ताले सांसदहरुको यो कदम विपक्षीलाई उत्तेजित पार्ने र विदेशी हस्तक्षेप निम्त्याउने सोचका साथ गरिएको भए त्यो गलतसिद्ध हुने चेतावनी पनि दिएका छन् । चिनियाँ नेतृत्वलाई नै चुनौती दिने गरी एकाएक दिइएको राजीनामाप्रति चीन सरकारले भत्र्सना समेत गरेको छ ।
चीनले राष्ट्रिय सुरक्षामा जोखिम ल्याउने राजनीतिज्ञलाई बर्खास्त गर्न पाउने अधिकारसहितको नयाँ व्यवस्था पारित गरेलगत्तै हङकङका विपक्षी सांसदहरुले सामूहिक राजीनामा दिएका हुन् ।
चीनविरुद्ध गतिविधि गर्दै आएका चार सांसदलाई पदबाट हटाएपछि बुधबार १५ जना प्रजातन्त्रवादी सांसदले सामूहिक राजीनामा दिएका थिए । हङकङको संसदका ७० मध्ये १९ जना चीन विरोधी सांसद छन् ।
बेलायतबाट चीनलाई हङकङ हस्तान्तरण गर्दा गरिएको सम्झौता विपरित केही सांसदहरु बाह्य शक्तिको आडमा हङकङका केही सांसहरु चीन विरोधी गतिविधिमा संलग्न भइरहेको आरोप लाग्दै आएको छ ।
