News Portal

कलंकीमा भयानक दुर्घटना, तीन जनाको ज्यान गयो

डबली संवाददाता२०७७ कात्तिक २७ गते
१०९ पटक

काठमाडौं । कंलकीमा विहानै भयानक दुर्घ टना भएको छ । विहीबार विहान काठमाडौंको कलंकीको मकालु पेट्राेल पम्पमा कुखुरा बाेक्ने ट्रकले राेकिरहेकाे ट्रकलाई ठक्कर दिँदा ३ जनाकाे ज्यान गएको छ भने एकजना घाइते भएका छन् ।

कलंकी स्थित सडकखण्डमा मकालु पेट्रोल पम्प अगाडि पार्किङ गरी राखि रहेको बा ३ ख ७५३० नं को ट्रकलाई बल्खुबाट सितापाईलातर्फ जाँदै गरेको बा ५ ख ८८६५ नं को कुखुरा बोक्ने ट्रकले ठक्कर दिएको प्रहरीले बताएको छ । घटनामा परी साेही कुखुरा बाेक्ने गाडीमा सवार तीन जनाकाे ज्यान गएको हो ।

महानगरीय प्रहरी बृत्त कालिमाटीका प्रमुख डिएसपी अपिलराज बाेहाेराका अनुसार घाईते ४ जनामध्ये ३ जनाको निधन भएको र १ जना अवस्था सामान्य रहेको छ । कलंकीमै रहेको सहिद अस्पतालमा उपचारकाे क्रममा ३ जनाको निधन भएको डिएसपी बाेहाेराले बताए ।

प्रहरीका अनुसार घटनामा परी ज्यान गुमाउनेमा नुवाकोट सुन्दरदेवी गाउँपालिका बर्ष २४ का रोशन तामाङ, नुवाकोट तारकेश्वर गाउँपालिकाका बर्ष ३७ का माधब घिमिरे र सोही गाउँपालिकाका भुवेन्द्र तामाङ रहेका छन् । त्यस्तै घइते हुनेमा नुवाकोट तारकेश्वरकै बर्ष २२ का बिजय तामाङ रहेका छन् । उनलको उपचार भईरहेकाे प्रहरीले जनाएको छ । दुबै सबारी साधनको चालकलाई प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको छ ।

प्रतिकृया दिनुहोस्