News Portal

राष्ट्रिय वाणिज्य बैंक र खजुरा गाउँपालिकाबीच सहुलियतपूर्ण कर्जामा सहकार्य गर्ने सम्झौता

डबली संवाददाता२०७७ कात्तिक २६ गते
१०७ पटक

काठमाडौँ । राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र खजुरा गाउँपालिकाबीच सहुलियतपूर्ण कर्जामा सहकार्य गर्ने सम्बन्धमा सम्झौता भएको छ । बाँके जिल्लाको उक्त गाउँपालिकासँग मंगलबार सम्झौता भएको हो ।

सम्झौतापत्रमा बैंकका लुम्बिनी प्रादेशिक प्रबन्धक आनन्द सुवेदी र खजुरा गाँउपालिकाका अध्यक्ष किस्मतकुमार कक्षपतिले हस्ताक्षर गरेका छन् । सम्झौता पछि गाउँपालिकाले आफ्नो क्षेत्रभित्र उद्यम तथा व्यवसाय गर्न चाहने व्यक्तिलाई परामर्श र उद्यमशीलता सम्बन्धी आवश्यक तालिमको व्यवस्थापन गर्ने गरी तालिम प्राप्त व्यक्तिलाई कर्जाको लागि बैंकमा सिफारिस गर्ने छ र सोहीे उद्यमीहरुलाई बैंकले नियमानुसार सहुलियपूर्ण कर्जा अन्तर्गत कर्जा लगानी गर्नेछ ।

समारोहमा बैंंकका लुम्बिनी प्रादेशिक प्रबन्धक आनन्द सुवेदीले यस्तो कर्जाले निर्वामुखी कृषि उत्पादनलाई व्यवसायीकरण गरी देशलाई समृद्धसँग जोड्न सघाउ पुर्याउने बताए । त्यस्तै, गाउँपालिकाका अध्यक्ष कक्षपतिले कर्जाको उपभोगबाट व्यक्तिको आफ्नो आर्थिकस्तर उकास्न सघाउ पुग्ने र कर्जामा गाउँपालिकाको संस्थागत ग्यारेण्टी हुने जानकारी दिए ।

उक्त कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष एकमाया बि.क, वडा अध्यक्षहरु, प्रमुख प्रशासकिय अधिकृत मणिराम खराल, सल्लाहकार भीम वली, कर्मचारीहरु, स्थानीय उद्यमीहरुलगायतको उपस्थिति रहेको बैंकले जानकारी दिएको छ ।

प्रतिकृया दिनुहोस्