News Portal

नेकपाले मंसिर ८ गते सातौं पार्टी पुनर्गठन दिवस भव्य रुपमा मनाउने, दिनसम्म विशेष कार्यक्रम

डबली संवाददाता२०७७ कात्तिक २६ गते
१६४ पटक

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीले सातौं पार्टी पुनर्गठनलाई भव्य रुपमा मनाउने भएको छ । मङ्सिर गते विप्लवको नेतृत्वमा पार्टी पुनर्गठन भएको ७ वर्ष पूरा हुँदैछ । त्यसको अवसरमा नेकपाले मंसिर ६, ७ र ८ गते देशव्यापी विशेष कार्यक्रमसहित सातौँ पार्टी पुनर्गठन दिवस भव्य रूपमा मनाउने नेकपाले जनाएको छ ।

नेकपाले पार्टी पुनर्गठन दिवसको लागि तयार गरिएको पोष्टर सार्वजनिक गरेको छ । मंसिर ६ देखि ८ गतेसम्म देशव्यापी प्रचारप्रसार, प्रदर्शन र सभाहरू आयोजना गरिने बताइको छ ।

जनयुद्धको मूल नेतृत्वले धोकासँगै र गद्दारी गरेको भन्दै माओवादी आन्दोलनमा २०६९ सालमा विभाजन आएको थियो । एउटा समूह संसदीय व्यवस्थामै गयो र अर्को समूह जनयुद्धको जगमा जनविद्रोहको कार्यदिशा बनाएर अलग भयो  । संसदीय व्यवस्थामा रहेको माओवादी समूहको नेतृत्व प्रचण्ड र जनविद्रोहको कार्यदिशाको नेतृत्व किरणले गरे ।

किरणको नेतृत्वमा फुटको उद्देश्य पूरा गर्न नसकिने भन्दै २०७२ साल मङ्सिर ८ गते विप्लवको नेतृत्वमा पार्टी पुनर्गठन भयो । सुरुमा नेकपा (माओवादी) नाम राखियो र कार्यदिशा एकीकृत जनक्रान्ति आत्मसात गरियो । ध्रुविकरणकै क्रममा हेमन्तप्रकाश ओली ‘सुदर्शन’ को नेतृत्वमा रहको कम्युनिस्ट न्युक्लियस २०७३ साल भदौ ७ गते ध्रुवीकरण भयो ।

थबाङमा सम्पन्न भएको आठौँ महाधिवेशनले पार्टीको नाम नेपाल कम्युनिस्ट पार्टी राखियो ।  नेकपा जनसत्ता, जनअदालत, जनसेनासहितका संरचनासहित एकीकृत जनक्रान्तिको कार्यदिशामा अगाडि बढिरहेको छ ।

सरकारले लगाएको प्रतिबन्धबीच देशभव्यापी राजनीतिक तथा सांगठानिक कार्यक्रम अगाडि बढाइरहेको छ । भूकम्प, कोरोना, बाढीपीडितको सेवामा नेकपाका नेता कार्यकर्ताहरु जुटिरहेका छन् ।

एकीकृत जनक्रान्तिको बाटोमा धनरुप बटाला, चन्द्रबहादुर सिंह ‘सनराइज’, तिर्थराज घिमिरे ‘राजु’, गोकुल रानामगर ‘महान’, प्रज्ववल शाही, विभुराम बिक ‘दिपेन्द्र’, विष्णु भण्डारी ‘निरन्तर’, रामकुमार श्रेष्ठ, कुमार पौडेल, निरकुमार राई ‘प्रसान्त’ र रामबहादुर सिंह ‘राजेश’ ले जीवनको आहुती दिइसकेका छन् ।

नेकपाका सचिवालय सदस्य सुदर्शन, केन्द्रीय सदस्य माइला लामासहित सरकारले विभिन्न मितिमा गि रफ्तार गरी सयौं नेता कार्यकर्ता जेल जीवन बिताइरहेका छन् । सरकारले गि रफ्तारी, धरकपड जारी राखेको छ ।

पार्टीको मुखपत्र इरातोखरका अनुसार पार्टीको सातौँ पुनर्गठन दिवस देशव्यापी रूपमा तीन दिनसम्म भव्य कार्यक्रम गरी मनाइने भएको छ जसअनुसार मङ्सिर ६, ७ र ८ गते देशव्यापी रूपमा प्रचारप्रसार, वालपेन्टिङ, जुलुस, सभाहरू र उत्सव आयोजना गरी पार्टी पुनर्गठन दिवस मनाइन लागेको हो ।

मंसिर ६ गतेः देशभर पार्टी पुनर्गठन दिवसको प्रचारप्रसार तथा अतिरिक्त क्रियाकलाप ।

मंसिर ७ गतेः देशव्यापी प्रदर्शन र जनसभाहरू ।

मंसिर  ८ गतेः पार्टी पुनर्गठनको दिन पारेर देशभर उत्सव ।

प्रतिकृया दिनुहोस्