News Portal

‘फ्रान्सले धार्मिक सहिष्णुता नेपालबाट सिक्नुपर्छ’

कमलेश चन्द्र गुप्ता२०७७ कात्तिक १५ गते
११९ पटक

कपिलबस्तु । राष्ट्रिय मदरसा संघका राष्ट्रिय अध्यक्ष डा. अब्दुल गनि अल्कुफिले फान्सले मुस्लिम समुदायको बदमान गर्न खोजेको भन्दै आपत्ति जनाएका छन् । कपिलवस्तुको कृष्णनगर नगरपालिका वडा नं २ मा रहेको राष्ट्रिय मदरसा संघ नेपालको लाइब्रेरीमा आयोजित कार्यक्रममा बोल्दै अल्कुफिले एक जनाको गल्तीलाई लिएर सबै मुस्लिम धर्मावलम्बीलाई बदनाम गर्नु राम्रो नभएको बताउँदै फ्रान्स सरकारले सांस्कृतिक एकता समेत खलबलाउन खोजेको बताए ।

कार्यक्रममा बोल्दै लुम्बिनी प्रदेश मदरसा बोर्ड उपाध्यक्ष मौलाना मसहूद खाँ नेपालीले फान्सले धार्मिक सहिष्णुताको पाठ नेपालबाट सिक्नुपर्ने बताए । इस्लाम धर्मका अन्तिम दूतको कार्टून बनाएर कसैको धर्मको मजाक उडाउने कसैको अधिकार नरहेको र सांस्कृतिक विभेद फैलाउन कुनै धर्मका लागि हित नहुने बताउँदै मसहुद खाँले फ्रान्स जस्तो विकसित देशले धार्मिक सहिष्णुतामा जोड दिनु राम्रो हुने बताए । उनले नेपाल सरकारलाई फ्रान्सको घटना संयुक्त राष्ट्र संघमा उठाउन समेत अपील समेत गरे ।

राष्ट्रीय मदरसा संघका संस्थापक तथा जामिया सिराजुल उलुम मदरसाका अध्यक्ष समिम अहमद नदवीले काठमाडौंको सुन्धारास्थित मदनी मस्जिदमा भएको घटनको भत्सर्नायोग्य भएको बताउँदै नेपाल सरकारले चालेको प्रयास सराहनीय रहेको बताए । उनले सबै मिलेर एक अर्काको धर्मप्रति सम्मान गर्नुपर्नेमा जोड दिए ।

कार्यक्रममा वन्टी सरदार, वृजेश कुमार गुप्ता, केशर विश्वकर्मा, सगीर खकसार,मौलाना असलम मदनी, साहिद अजाद झण्डानगरीलगायतले फ्रान्समा भएको घट्नाको बिरोध गरेका थिए । फ्रान्स सरकारले त्यसता घटना दोहोरिन दिन विशेष ध्यान दिनुपर्नेमा वक्ताहरूको जोड दिएका थिए ।

कार्यक्रममा (नेकपा) नगर अध्यक्ष जावेद आलम खाँ, राष्ट्रिय मदरसा संघ नेपालका सदस्य नियाज़ अहमद, हाफिज तारिक र अनवर अहमद, अब्दुल समद खाँ नेपाली, प्रहरी निरिक्षक सुकदेव पौडेल, सशस्त्र प्रहरी निरिक्षक निरन्जन राज कार्कीलगायतको उपस्थित रहेको थियो

मौलाना मसहूद खाँ नेपालीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको समापन राष्ट्रिय मदरसा संघका उपाध्यक्ष सैख जैस मक्कीले गरेका थिए । कोरोना भाइरस संक्रमणलाई ध्यानमा राखेर सामाजिक दूरको साथै स्वास्थ्य सतर्कताका साथ कार्यक्रम सम्पन्न भएको थियो ।

प्रतिकृया दिनुहोस्