News Portal

तातोपानी नाका एकतर्फी सन्चालनमा आयो, चीनबाट आएको मालबाहक कन्टेनर नेपाल पुगे

डबली संवाददाता२०७७ कार्तिक १३ गते
९६ पटक

काठमाडौं । आजबाट चीनसगं जोडिएको सिमाना तातोपानी नाका एकतर्फी रुपमा सन्चालनमा आएको छ । कोरोना संक्रमण फैलिने क्रासले लामो समयदेखी (करिब ३ हप्ता) बन्द रहेको तातोपानी नाका आजबाट खुले सगै मालबाहक कन्टेनर ओहोरदोहोर हुन थालेको छन् । केही चीनबाट आएका कन्टेनर नेपाल पुगिसेको छन् ।

तातोपानी भन्सार कार्यालय प्रमुख लालबहादुर खत्रीका अनुसार बिहीबार दिउँसो १ बजे मालवस्तु बोकेको एक चिनियाँ कन्टेनर मितेरी पुल भएर नेपाली भन्सार यार्डमा आइपुगेको बताएको छन् ।

अहिले चीनबाट आएको सामान लोड गर्न तथा नेपालतर्फ ल्याउनका लागि तीन वटा समूहमा श्रमिकहरुलाई नेपाली पक्षले पीसीआर गरेर क्वारिन्टिनमा राखेको छ ।

उनका अनुसार नाका सञ्चालन गर्न अपनाइएको स्वास्थ्य प्रोटोकलअनुसार नेपाली पक्षले नेपाली भूभागमा तयार पारेको आइसोलेसनमा चिनियाँहरुले सामान खसाल्नेछन् । चीनबाट आएको सामान २४ देखि ४८ घण्टासम्म क्वरिन्टिनमा राखिनेछ र त्यसपछि मात्रै नेपातर्फ ढुवानी गरिने छ ।

भन्सारमा आएको सामान लोड अनलोड तथा ढुवानीका लागि खटिने श्रमिकको पीसीआर रिपोर्ट हरेक १४ दिनमा बुझाउनुपर्ने सर्त चिनियाँ पक्षले राखेको छ । नेपालबाट चीनतर्फ कोरोना सर्न सक्ने भन्दै चीनले गत असोज २० गतेदेखि नाकाबाट हुने मालवस्तु ढुवानी रोकेको थियो । त्यस घि पनि बाढी र पहिरोका कारण झण्डै तीन महिना नाका अवरुद्ध भएको थियो ।

तत्कालका लागि तातोपानी नाकाबाट नेपालतर्फ आयात हुने पनि उनको भनाइ छ । ‘एउटा चिनियाँ कन्टेनर नेपाल प्रवेश गरेको छ, उक्त कन्टेनरले बोक्ने सामान नेपाली दुई कन्टेनर बराबर हुन्छ,’ भन्सार प्रमुख खत्रीले
नाका खुलेको संकेत स्वरुप आज एउटा मात्रै कन्टेनर नेपाल आउने र भोलिदेखि कम्तिमा ७ वटा चिनियाँ कन्टेनरले हरेक दिन सामान नेपाली यार्डसम्म ल्याइदिने भन्सार कार्यालयले जनाएको छ ।

 

प्रतिकृया दिनुहोस्