News Portal

गुणस्तरहिन स्यानिटाइजर उपत्पादन गर्ने २० कम्पनीमाथि प्रतिबन्ध 

डबली संवाददाता२०७७ असोज १४ गते
११२ पटक

काठमाडौं । कोरोना महामारीको फाइदा उठाउँदै गुणस्तरहिन स्यानिटाइजर उत्पादन गर्ने २० वटा कम्पनीमाथि सरकारले प्रतिबन्ध लगाएको छ । बुधबार थप दुई कम्पनीमाथि औषधि व्यवस्था विभागले प्रतिबन्ध लगाएसँगै कारवाहीमा पर्नेको संख्या बढेको हो ।

विभागले बुधबार सार्वजनिक सूचना निकालेरै प्रतिबन्ध लगाउँदै उत्पादन बिक्री वितरणमा प्रतिबन्ध लगाएको छ । विभागले दुबै कम्पनीलाई बजारबाट उत्पादन गरिएको स्यानिटाइजर तुरुन्त फिर्ता लैजान निर्देशन समेत दिएको छ ।

विभागले सेफ ह्याण्ड २०० एमएल र ह्याण्ड रब इन्स्ट्यान्ट ह्याण्ड स्यानिटाइजर १ लिटरको परीक्षणका क्रममा न्यून गुणस्तर रहेको पाइएकाले प्रतिबन्ध लगाइएको जनाएको छ ।

यअसघि असोज १२ गते एकै दिन औषधि व्यवस्था विभागले ९ वटा स्यानिटाइजरलाई प्रतिबन्ध लगाएको थियो । विभागले अनुगमनलाई तिब्रता दिएको छ ।

प्रतिकृया दिनुहोस्