News Portal

उपत्यकामा जोरबिजोर प्रणाली जाँचमा कडाइ भयो, नियम मिच्नेको सवारी साधनलाई होल्डमा

डबली संवाददाता२०७७ असोज १३ गते
२१६ पटक

काठमाडौँ । पछिल्लो समय कोरोना तिब्र फैलिए सगै काठमाडौँ उपत्यकामा संक्रमितको संख्या बढ्दै गएको तथा निषेधाज्ञा खुकुलो भएपछि भिड बढिरहेको छ।

यसैबिचमा कारोना जोखिम रहेको भन्दै सवारी साधनमा जोर बिजोर लागू गरिएको छ । ट्राफिक प्रहरी महाशाखाले जोर बिजोरको नियम मिच्ने दैनिक ७ देखि ८ सय सवारी साधनलाई होल्ड गर्दै आएको बताएको छ । तर, हाल सडकमा दुबै नम्बरको सवारी सराबरी गुँडिरहेकोे भेटिएको थिए तर आज बाट भने कडाई गरेको छ ।

आजबाट काठमाडौं, ललितपुर र भक्तपुरभित्र चल्ने सवारी साधनलाई प्रहरीले कडाइका साथ जाँच गरिरहेको जनाएको छ ।कोरोना संक्रमणको जोखिम बढ्दै गएकाले जोर बिजोर प्रणाली पूर्ण रुपमा पालना गर्न ट्राफिक प्रहरीले आग्रह गरेको छ ।

ट्राफिक प्रहरी महाशाखाका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) भीम प्रसाद ढकालले हाल जोर बिजोर प्रणाली खुकुलो नबनाएको दावी गदै भनेको छन् ‘दैनिक ठूलो संख्यामा सवारी साधन होल्ड गरेका छौं’ ‘अत्यावश्यक सेवा वस्तुसँग सम्बन्धित सवारीलाई चाहिँ जोर बिजोर नम्बरका कारण रोक लगाएका छैनौं ।’

गृह–मन्त्रालयको निर्देशनमा काठमाडौं उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुले भदौ २५ बाट लागू हुनेगरी सो निर्णय लागु गरेका िथए ।
स्थानीय प्रशासनले जोर बिजोर कार्यान्वयनको जिम्मा ट्राफिक प्रहरी महाशाखालाई दिएको छ ।

प्रतिकृया दिनुहोस्