News Portal

कोरोनाबाट नेपालका ४८१ सहित विश्वमा ज्यान गुमाउनेको संख्या १० लाख नाघ्यो

डबली संवाददाता२०७७ असोज १३ गते
९६ पटक

काठमाडौं  । कोरोना भाइरस संक्रमणबाट नेपालसहित विश्वमा ज्यान गुमाउनेको संख्या १० लाख नाघेको छ । केही दिनयता ज्यान गुमाउनेको संख्या घटेपनि मंगलबार विहानसम्म १ लाख १० हजारले ज्यान गुमाएको कोरोना संक्रमणबारे अपडेट गरिरहेका विभिन्न साइटहरुले जनाएका छन ।

कोरोना भाइरस संक्रमणबाट सोमबार नेपालमा थप ४ जनाको निधन भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ४८१ पुगेको छ । नेपालको यो संख्यसहित विश्वमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या सार्वजनिक गरिएको हो ।

विश्वमा कोरोनाबाट ३ करोड ३५ लाख ४३ हजार संक्रमित भएका छन् । जसमा २ करोड ४८ लाख ७१ हजार ७८९ जना निको भएर घर फर्किएका छन् । सबैभन्दा बढी अमेरिकामा ज्यान गुमाएका छन् । कुल ७३ लाख ६१ हजार ५३९ जनामा कोरोना संक्रमण भएको छ । जसमध्ये  २ लाख ९ हजार ७७९ जनाको निधन भएको छ भने ४६ लाख ९ हजार ४३५ जना निको भएर फर्किएका छन् ।

अमेरिकापछि भारत कोरोनाबाट बढी प्रभावित छ । भारतमा सोमबार रातिसम्म ६१ हजार ४३ हजार २ सय जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमध्ये ९६ हजार ३ सय ७ जनाको निधन भएको छ भने ५० लाख ९८ हजार ५७३ जना निको भएर घर फर्किएका छन् ।

संक्रमितको तेस्रो सूचीमा रहेको ब्राजिलमा ४७ लाख ४८ हजार ३२७ जनामा कोरोना संक्रमण भएको छ । जसमध्ये १ लाख ४२ हजार १६१ ले ज्यान गुमाएका छन् भने ४० लाख ८४ हजार १८२ निको भएर घर फर्किएका छन् ।

कोरोनाका खोप बनाएको रुस संक्रमितको हिसाबले चौथाे स्थानमा छ भने ज्यान गुमाउनेको हिसाबमा विश्वका धेरै देशभन्दा तल छ । रुस समुदायमा नै परीक्षण गरेकोले संक्रमित भेटिएको तर कोरोना नियन्त्रणमा राखेकोले ज्यान गुमाउनेको संख्या बढ्न पाएको छैन । संक्रमित पनि धेरै निको भएर घर फर्किसकेका छन् । रुसमा ११ लाख ५९ हनार ५७३ जना संक्रमित हुँदा २० हजार ३८५ जनाले मात्रै ज्यान गुमाएका छन् भने ९ लाख ४५ हजार ९२० जना निको भएर घर फर्किसकेका छन् ।

त्यसपछि कोलम्बियामा ८ लाख १८ हजार ३०३ जना संक्रमित भएका छन् । जसमध्ये २५ हजार ६४१ जनाले ज्यान गुमाएका छन् भने ७ लाख २२ हजार ५३६ जना निको भएर फर्किएका छन् । त्यस्तै पेरुमा ८ लाख ८ हजार ७१४ जना संक्रमित भएका छन् । त्यहाँ ३२ हजार ३२४ जनाले ज्यान गुमाएका छन् भने ६ लाख ७०हजार ९८९ निको भएर घर फर्किएका छन् ।

प्रतिकृया दिनुहोस्