News Portal

ट्रम्पले करबाट बच्न व्यवसायमा सधै नोक्सानी देखाउने गरेको खुलासा, १० बर्ष सम्म तिरेनन्

डबली संवाददाता २०७७ असोज १२ गते
९१ पटक

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आयकर नबुझाएको खुलासा भएको छ । न्युयोर्क टाइम्सले आईतबार लेखेको समाचारमा ट्रम्पले पछिल्लो १५ वर्षमा १० वर्ष आयकर नतिरेको दाबि गरेको छ ।

ट्रम्पले कर बुझाएको वर्षमा पनि करबाट बच्न व्यवसायमा उल्लेख्य नोक्सानी देखाउने गरेको न्युयोर्क टाइम्सले बताएको छ । उनले सन् २०१६ र २०१७ मा उनले केवल ७५० डलर आयकर बुझाएका थिए । जब की एक अमेरिकामा मध्यमवर्गीय मानिसले पनि औसतमा वार्षिक १४ हजार डलर कर बुझाउँछन् ।

यो समाचार पछि सञ्चारकर्मीहरुसँगको कुराकानीमा सो ट्रम्पले समाचार झुटो भएको दाबी गरेका छन् । उनले समाचारमा कुनै सत्यता नरहेको र यो बनावटी समाचार रहेको उल्लेख गरेका छन् ।

ट्रम्प अर्गनाइजेसनका वकिले एलान गार्टेनले पनि न्युयोर्क टाइम्सले प्रकाशित गरेको अधिकांश वा सबै विवरणहरु गलत रहेको बताएका छन् । ट्रम्पले पछिल्लो दशकमा लाखौं डलर आयकर तिरेको दाबी गार्टेनले गरेका छन् ।

त्यस्तै ट्रम्पले भनेको छन् ‘वास्तवमा मैले कर तिरेको छु । तपाईंहरुले जतिसक्दो छिटो मेरो कर फिर्ताको विवरण हेर्न सक्नुहुन्छ । यी विवरणहरु अहिले लेखापरीक्षणको क्रममा छन् ।’

यतिबेला आगामी नोभेम्बरमा अमेरिकामा हुन गइरहेको राष्ट्रपतीय निर्वाचनको मुखमा न्युयोर्क टाइम्सले यस्तो समाचार प्रकाशित गरेको हो । अमेरिकी राष्ट्रपति ट्रम्पले यसअघि आफ्नो करको विवरण सार्वजनिक गर्न अस्वीकार गर्दै आएका थिए । यस विषयमा उनले यस अगाडी पनि अदालतमा मुद्दा पनि झेलिरहेका थिए ।

प्रतिकृया दिनुहोस्