आज :

कोरोनाबाट उपत्यकामा ७२४ सहित थप १ हजर ७ जनामा संक्रमण, संक्रमितको संख्या ७१ हजार नाघ्यो

काठमाडौं । कोरोना भाइरसबाट नेपालमा थप १ हजार भन्दा बढी संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जजनसंख्या मन्त्रालयका अनुसार शनिबार थप १ हजार २०७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले काठमाडौं उपत्यकामा थप ७२४ जनामा कोरोना संक्रमित भएका छन् । आज सबैभन्दा धेरै काठमाडौंमा ५८३ जना संक्रमित भएका छन् । जसमा भक्तपुरमा ६३ र ललितपुरमा ७८ जनामा संक्रमण पुष्टि भएको छ ।

आइतबारसम्म कुल संक्रमितको संख्या ७१ हजार ३४१ पुगेको छ । जसमध्ये ४६७ जनाको ज्यान गएको छ । आज थप १ हजर १४७ जना संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

त्यसैगरी पछिल्लो २४ घण्टामा थप १ हजार १४७ र निको भएका छन् भने यससँगै देशभर हालसम्म निको हुनेको कुल संख्या ५३ हजार १३ पुगेको छ ।

मन्त्रालयका प्रवक्ता गौतमका अनुसार शनिबार थप उपत्यकामा ४ सहित ८  जनाको ज्यान गुमाएका छन् । योससँगै देशभर कोरोनाबाट ज्यान गुमाउनेको संख्या ४६७ पुगेको मन्त्रालयले जनाएको छ । संक्रमितमध्ये हालसम्म ०.६५ प्रतिशतको निधन भएको छ ।

मन्त्रालयका अनुसार आज देशभर सक्रिय संक्रमितको संख्या १८ हजार ३४१ जना रहेको छ । जसमा संस्थागत आइसोलेशनमा ७ हजार ८३३ र होम आइसोलेशनमा १० हजार ५०८ जना रहेका छन् । यस्तै आज पीसीआर १० हजार १९ जनाको भएको छ ।

। शनिबारको विवरणअनुसार देशका विभिन्न अस्पतालमा २७ जना संक्रमित भेन्टिलेटरमा रहेका छन् भने २२४ जना आईसीयीमा रहेका छन् । यस्तै ५०० भन्दा बढी कोरोना संक्रमित रहेका जिल्लामा मोरङ, सिरहा, काठमाडौं, भक्तपुर, ललितपुर, चितवन र श्रपन्देही रहेका छन् । त्यसैगरी रसुवा, मनाङ, मुस्ताङ, डोल्पा, मुगु र हुम्ला संक्रमणमुक्त जिल्ला बनेको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal