News Portal

कोरोना संक्रमणबाट बुटवल र चितवनमा थप ३ जनाको ज्यान गयो

डबली संवाददाता
९९ पटक

काठमाडौं । कोरोना भाइरस संक्रमणबाट नेपालमा थप ३ जनाको ज्यान गएको छ । नवलपरासी, कपिलवस्तु र चितवनमा परी थप ३ जनाको ज्यान गएको
छ ।
नवलपरासी पश्चिम र कपिलवस्तुका एक–एक जना संक्रमितको बुटवलको कोरोना अस्पतालमा उपचारको क्रममा विहीबार विहान ज्यान गएको हो । दुवैजनाको भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो ।

नवलपरासी पश्चिम रामग्राम नगरपालिका-३ का ४९ वर्षीय पुरुष गत भदौ २७ गकाते अस्पताल भर्ना भएका थिए । उनी कलेजो र मिर्गौलाका दीर्घ रोगी थिए । आज विहान ४ बजे उनको निधन भएको अस्पतालले जनाएको छ ।

अस्पतालका सूचना अधिकारी डा. विष्णु गौतमका अनुसार असोज १ गते अस्पताल भर्ना भएका कपिलवस्तुको बुद्धभूमि नगरपालिका–६ का ५० वर्षीय पुरुषको बिहान ७ बजे निधन भएको छ । उनी मधुमेह र मिर्गौलाका दीर्घ रोगी रहेको डा. गौतमले बताए ।

त्यसैगरी बुधबार राति चितवनमा थप एक जनाको कोरोनाका कारण ज्यान गएको छ । चितवन मेडिकल कलेजमा उपचाररत कोरोना संक्रमित एक युवकको
निधन भएको छ ।

अस्पतालका निर्देशक डा. दयाराम लम्साल तनहुँको आँबुखैरहनी नगरपालिका वडा नम्बर ३ का ३९ वर्षीय युवकको बुधबार राति १२ः५५ बजे मृत्यु भएको हो ।

डायलासिस गराउन भदौ २९ गते अस्पताल आएका उनमा गत भदौ ३१ गते कोरोना देखिएको थियो । कोरोना संक्रमणसँगै अस्पतालको सघन उपचार कक्षमा उनको उपचार भइरहेको थियो ।

प्रतिकृया दिनुहोस्