
काठमाडौँ । सुदुरपश्चिम प्रदेशमा यो बर्षको दशै मुखैमा आउदा समेत भारतबाट दशैमा घर आउने भन्दा जानेहरु बढेको छन् । बिश्वब्यापी कोरोना माहामारीको कारण जनजीवन प्रभावित भएपछि भारत जानेहरु अत्याधिक बढेको छन् ।
बिश्वब्यापी माहामारी रोगको डरले स्वदेश फर्केका उनिहरु फेरी भोकको पीडा सहन नसकि भारत फर्कन थालेको छन् ।
नेपालमा लकडाउन भएसगै उनीहरू नेपाल भित्रिए पनि २ महीना घरमा बस्दा समय खान लाउन र दैनिक गुजारा गर्न समस्या भएपछि भारत पस्न बाध्य भएको भारत फर्किदै गरेको नेपालीले गुनासो पोखे ।
भारत सीमावर्ती क्षेत्रमा पर्ने बलरा नगरपालिका नगर प्रमुख अभयकुमार सिंहका अनुसारउनीहरुलाई स्थानीय स्तरमा रोजगारी उपलब्ध नभएकाले कोरोना सङक्रमणकै बीचमा पनि उनीहरू भारत जान बाध्य भएको बताएको छन् ।
अहिले भारतमा कोरोनाको डर भएपनि खुला सीमा नाकाका कारण लागि दैनिक सयौंको नेपाली भारततर्फ गइरहेका छन् । सुदुरपशिचमबाट जिल्लाबाट मजदूरीका लागि नेपालीहरू भारतको पञ्जाब, दिल्ली, मुम्बई र सुरतमा जाने गरेका छन् ।
