News Portal

कोरोना संक्रमितको संख्या ६७ हजार ८०४ पुग्यो, फेरि लकडाउन गर्न सिफारिस

डबली संवाददाता२०७७ असोज ७ गते
७९ पटक
काठमाडौं । कोरोना भाइरसबाट नेपालमा थप १ हजार १ सय ७२ जना संक्रमित भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ६३७ जना कोरोना संक्रमित थपिएका छन् ।
मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार काठमाडौंका ४९२, भक्तपुरका ९५ र ललितपुरका ५० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कुल संक्रमितको संख्या ६७ हजार ८०४ पुगेको छ ।
त्यसैगरी बुधबार थप १ हजार ८ सय ९३ जनाले कोरोना जितेर घर फर्किएका छन् । योसँगै कोरोना जित्नेको संख्या ४९ हजार ९५४ पुगेको छ । यसैबीच स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले संक्रिय संक्रमितको संख्या २५ हजार नाघेमा फेरि लकडाउन गर्न सिफारिस गरेको छ ।
मन्त्रालयको इन्सिडेन्ट कमाण्ड सिस्टमको बैठकले २५ हजार बढी भए सक्रिय संक्रमित भए बन्दाबन्दी गर्नुपर्ने निष्कर्ष निकालेको छ । प्रवक्ता गौतमले २५ हजार बढी संक्रमित भए अस्पतालको पूर्वाधारमा व्यवस्थापन गर्न गाह्रो हुने बताए ।
मन्त्रालयका अनुसार बुधबार देशभर सक्रिय संक्रमितको संख्या १७ हजार ४१४ छ । मन्त्रालयले जनस्वाथ्य मापदण्ड पालना हुन नसक्ने व्यवसाय एक महिना बन्द गर्न पनि सिफारिस गरेको छ ।
प्रतिकृया दिनुहोस्