News Portal

कोरोना प्रभावितलाई लक्षित गरेर प्रभु बैंकले ल्यायो ‘सहयात्रा समृद्धिको’ कर्जा योजना, शिक्षकदेखि टेम्पो चालकसम्म कर्जा

डबली संवाददाता२०७७ असोज ७ गते
९२ पटक

काठमाडौँ । कोरोना भाइरस संक्रमणबाट प्रभावित व्यक्ति र क्षेत्रलाई लक्षित गरेर प्रभु बैँक लिमिटेडले ‘सहयात्रा समृद्दिको’ नामको कर्जा योजना आरम्भ गरेको छ । नेपाल राष्ट्र बैँक, सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदान सम्बन्धि एकिकृत कार्यविधी, २०७५ अन्तर्गतको यो कर्जा योजना आइडिया स्टुडियो नेपालस“गको सहकार्यमा कोभिड – १९ को कारणले प्रभाबित र समस्यामा परेका साना उद्यमी तथा व्यबसायी, स्वरोजगार उद्यमी, शिक्षित बेरोजगार युवा, बिदेशबाट फर्केका बेरोजगार युवा, परम्परागत पेशा र व्यबसायमा संलग्न उद्यमीहरुको बिद्यमान र्आिथक कठिनाईलाई व्यवस्थापन गर्न योजना ल्याइएको बैंकले जनाएको छ ।

त्यसैगरी कोरोना माहामारीबाट प्रभावित पेशा, उद्यम र व्यवसायहरुलाई पुनः सुचारु गर्न सहयोग पुर्याउने उद्देश्यले ‘सहयात्रा समृद्धिको’ कर्जा योजना ल्याईएको हो । यो कर्जा योजना उक्त समुहलाई आर्थिक उन्नतिसहित जीवनभरको एउटा वित्तीय आधार र संयन्त्रतयार गर्ने एउटा प्रयास भएको बैंकले जनाएको छ ।

सरकारबाट जारी लामो समयसम्मको बन्दाबन्दीको कारण उपत्यकामा टेम्पोलगायतअन्य सार्वजनिक सवारी साधनहरुमा रोक लगाएसँगै विशेषगरी महिला सफाटेम्पो चालकहरु आर्थिक संकटका बिचबाँचिरहेका छन् । नियमित रुपमाभईरहेको आम्दानीगुमाउनु परेसँगै दैनिक रोजीरोटीको लागि आर्थिक जोहो गर्न नसक्दा अहिले निकै ठूलो आर्थिक दबाबका बीच आफ्नो घर व्यवहार चलाउन उनिहरु बाध्य भएकाहरुले यो योजनाबाट लाभ लिन सक्नेछन् ।

त्यस्तै, बन्दाबन्दीका कारण विद्यालयहरुले विधार्थीहरुका लागि अनलाईन कक्षाहरु संचालन गर्न शिक्षकहरुको लागि इन्टरनेट, कम्प्युटर तथा फर्निचरजस्ता न्यूनतम आवश्यकताहरुको जोहो गर्न पनि यो योजनाले कर्जा दिने भएको छ ।

योजना अन्तर्गत प्रथम चरणमा बैँकले काठमाण्डौ उपत्यकाभित्रका महिला सफाटेम्पो चालकहरुलाई अधिकतम रु १ लाख र बिद्यालय शिक्षकहरुलाई अधिकतम ४ लाख कर्जा सुविधा सरल र सहजतरिकाले उपलब्ध गराउनेछ । यो योजना मंगलबारबाट शुभारम्भ भएको छ । शुभारम्भको पहिलो दिनमै काठमाडौं उपत्यकाभित्रका १० जना महिला सफा टेम्पो चालकहरुलाई कर्जा प्रमाणपत्र हस्तान्तरण गरिएकोे जानकारी बैंकले दिएको छ । कर्जा योजना तोकिएका अन्य पेशा, उद्यम र व्यबसाय साथै काठमाडौं उपत्यकाबाहिर पनि क्रमशःलागु गर्दै जाने बैंकका नायव प्रमुख कार्यकारी अधिकृत मणिराम पोखरेलले जानकारी दिए ।

‘सहयात्रा समृद्दिको’ कर्जा योजना र यसको प्रक्रियामा ग्राहकहरुले कर्जा सँगसँगै वित्तीय साक्षरता, वित्तीय व्यवस्थापन र अनुशासनको ज्ञान तथा सीपहरु पनि सिकुन भन्ने अभिप्राय रहेको बताइएको छ । बिषमताको घडिमा प्रत्यक्ष र अप्रत्यक्ष रुपमामार खेपिरहेका व्यक्ति र व्यबसायहरु यस कर्जा योजनाबाट लाभान्वित हुने बिश्वास बैँकले लिएको छ ।

प्रतिकृया दिनुहोस्