News Portal

एकैदिन २ लाख ७७ हजार बढीले कोरोना जितेर घर फर्किए, निको हुनेको संख्या २ करोड ३७ लाख

डबली संवाददाता२०७७ असोज ७ गते
१०० पटक

काठमाडौं । कोरोना भाइरसबाट संक्रमित भन्दा निको हुनेको संख्या बढिरहेको छ । पछिल्लो २४ घण्टामा विश्वभर २ लाख ७७ हजार ६०६ मानिस कोरोना संक्रमणमुक्त भएर घर फर्किएका छन् । तथ्याङ्क अद्यावधिक गरिरहेको साइट वर्ल्डोमिटर्सका अनुसार बुधबार बिहानसम्म  नेपालका ४८ हजारसहित कोरोनाबाट निको हुनेको संख्या २ करोड ३६ लाख ८६ हजार ७१४ पुगेको छ । निको हुनेको यो संख्या कुल संक्रमितको ७३ प्रतिशत बढी हो ।

त्यसैगरी पछिल्लो २४ घण्टामा विश्वभर २ लाख ७२ हजार ७१७ जनामा संक्रमण कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै विश्वभर कोरोना संक्रमितको संख्या ३ करोड १७ लाख ७१ हजार ४११ पुगेको छ । यस्तै एकैदिन थप ५ हजार ६०५ जनाको ज्यान गएको छ । योसँगै कोरोना संक्रमणले विश्वभर ९ लाख ७५ हजार ३१० जनाको निधन भइसकेको छ ।

कोरोना भाइरसकै संक्रमणबाट युरोपियन मुलुकहरूमा २ लाख १७ हजार ४४० जनाको मृत्यु भएको छ । ४५ लाख ३६ हजार १०० जना संक्रमित भएकोमा २४ लाख १३ हजार १८३ जना संक्रमणमुक्त भएका छन् । उत्तर अमेरिकी मुलुकहरूमा ३ लाख १ हजार १८६ जनाको मृत्यु भएको छ । संक्रमितको संख्या ८४ लाख ६५ हजार ४२५ पुगेको छ । त्यसमध्ये ५३ लाख १९ हजार १६८ जना संक्रमणमुक्त भएका छन् ।

यस्तै एसियाली मुलुकहरूमा १ लाख ८० हजार ५५९ जनाको मृत्यु भएको छ । ९६ लाख ८३ हजार ७७ जना संक्रमित भएकोमा ८० लाख ५ हजार ५४६ जना संक्रमणमुक्त भएका छन् । दक्षिण अमेरिकी मुलुकहरूमा २ लाख ४० हजार ८४२ जनाको मृत्यु भएको छ । ७६ लाख २७ हजार ७२३ जना संक्रमित भएकोमा ६४ लाख ४६ हजार ९४६ जना संक्रमणमुक्त भएका छन् ।

अफ्रिकी मुलुकहरूमा ३४ हजार ३७८ जनाको ज्यान गएको छ भने १४ लाख २७ हजार ६२० संक्रमित छन् । संक्रमितमध्ये ११ लाख ७३ हजार ८०९ जना संक्रमणमुक्त भएका छन् । त्यस्तै अष्ट्रेलियासहित ओसिनियाका मुलुकहरूमा ८९० जनाको मृत्यु भएको छ । ३० हजार ७४५ जना संक्रमित भएकोमा २७ हजार ४११ जना संक्रमणमुक्त भएका छन् ।

  • फाइल फोटो
प्रतिकृया दिनुहोस्