
काठमाडौँ । चिकित्सा शिक्षा क्षेत्र सुधारका माग राख्दै अनसनरत डा. गोविन्द केसीलाई राष्ट्रिय ट्रमा सेन्टरमा लगिएको छ । जुम्लामा १९ औं अनसन बसेका केसीलाई आज नेपालगंजबाट काठमाडौं ल्याइएको हो ।
त्रिवि शिक्षण अस्पताल जान नमानेपछि डा.केसीलाई ट्रमा सेन्टरको इमरजेन्सीमा भर्ना गरिएको छ । अनसनका कारण स्वास्थ्य अवस्था कमजोर भएपनि डा.केसीले उपचार गर्न मानेका छैनन् ।
डा. केसीलाई बुद्ध एयरको नियमित उडानबाट मंगलबार काठमाडौँ आइपुगेका हुन् । काठमाडौं पुग्ने बित्तिकै महाराजगंजस्थित त्रिवि शिक्षण अस्पताल लिन खोखिए पनि केसीले नजाने अडान राखेपछि उपचारको लागि ट्रमा सेन्टरमा लगिएको थियो ।
ट्रमा सेन्टरमा केसीले अनसन जारी राख्ने बताएका छन् । उनले आफूसँग सरकारले यसअघि गरेका सम्झौता कार्यान्वयन नगरेकोले अनसन बस्नु परेको बताए । पूराना र नयाँ थप माग पूरा नभएसम्म सत्याग्रह जारी राख्ने केसीले उपचारको लागि आएका चिकित्सकसँग केसीले बताए ।
- फोटोः डा. राम थापा क्षेत्री
