News Portal

अबको तिन दिन भारी बर्षा हुने सम्भावना, सचेत रहन मौसम विभागको आग्रह

डबली संवाददाता
७७ पटक

काठमाडौंँ । अबको तिन दिन भारी बर्षा हुने सम्भावना रहेको छ । जल तथा मौसमबिद् सबिना शाक्यका अनुसार असोज ७ गतेसम्म प्रदेश १, २, बागमती र गण्डकी प्रदेशमा मा ठुलो वर्षा हुने सम्भावना रहेको बताएको छन् ।

मौसमबिद् शाक्यले अहिले पनि १ र २ प्रदेशका विभिन्न ठाउँमा वर्षा भइरहेको उल्लेख गदै बंगालको खाडीमा न्युन चापीय क्षेत्र बनेकाले देशभर मौसममा सामान्य बदली भई वर्षा हुने सम्भावना बढेको हो ।

मंगलबार दिउँसोबाट देशभर मध्यम वर्षाको सम्भावना रहेको छ । राति हावाहरीको सम्भावना छ । त्यस्तै प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेशका थोरै स्थानमा भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम विभागले जारी गरेको बुलेटिनमा उल्लेख छ ।

यो समयमा देशका केही स्थानमा सामान्यतया मेघगर्जन चट्याङसहित वर्षाको सम्भावना रहेको पनि बिभागले जानकारी दिएको छ ।

हावाहुरी प्रदेश २ मा बढि आउन सक्ने अनुमान गरिएको छ । त्यस्तै केहि पहाडको जिल्लामा चट्याङ पर्न सक्ने सम्भावना रहेको पनि विभागले जनाएको छ । तराइका साना ठूला नदीमा बाढी आउने सम्भावना भएकाले त्यसबाट बच्न पनि उनको आग्रह गरेको छ । यो समय धेरैजसो रातिको समयमा हावाहुरी तथा चट्याङ पर्ने भएकाले राति थप सचेत हुन पनि मौषविदहरुले आग्रह गरेका छन् ।

यसैगरी हावाहुरीले खासगरी अस्थायी रुपमा बसिरहेकाहरुलाई असर गर्न सक्छ , यसबाट बच्ने उपाए अपनाउन मौसम बिभागले अनुरोध गरेको छ ।

मौसम पूर्व हुँदै आज राति काठमाडौं उपत्यका लगायत बागमती प्रदेशका केही ठाउँमा वर्षा हुने सम्भावना रहेको छ । खासगरी बागमती प्रदेशका केही जिल्लामा यसले बढि असर गर्न सक्ने मौसमबिद् साक्यले बताएको छन् ।

यो बिचमा नेपालको पूर्वी र मध्य भागमा हुने भारी वर्षाले नदी आसपासका बस्तिमा असर गर्न सक्छ । पहिरो गएका तथा कमजोर संरचना रहेका ठाउँमा अझै सचेतना अपनाउनुपर्ने विभागद्धारा जारी बुलेटिनमा भनिएको छ ।

बुधवार भने दिउँसो देशभर हल्कादेखि मध्यम वर्षा सहित राति सुदुरपश्चिमका केही ठाउँमा सामान्य खालको वर्षा हुने सम्भावना रहेको बिभागद्धारा जारी बिज्ञप्तिमा उल्लेख छ ।

 

 

प्रतिकृया दिनुहोस्