News Portal

(नेकपा) को सचिवालय बैठक आज बस्न सकेन

डबली संवाददाता२०७७ असोज ५ गते
७९ पटक

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक आज बस्न सकेन । आइतबारबाट सुरु भएको बैठक आज १ बजे बस्ने भनिएको थियो ।

पार्टीका प्रवक्ता तथा सचिवालय सदस्य नारायणकाजी श्रेष्ठले आज बस्ने भनिएको स्थगित भएको जानकारी दिए । आइतबारबाट सुरु भएको अर्को बैठक मंगलबार दिउँसो १२ः३० बजे बस्ने गरी स्थगित भएको हो ।

पेरिसडाँडामा आइतबारबाट सुरु भएको बैठकमा मन्त्रिमण्डल पुर्नगठन सैद्धान्तिक निर्णय गरेको थियो । त्यसैगरी संवैधानिक तथा राजनीतिक नियुक्ति, पार्टी एकताका बाँकी काम लगायतका विषयमा छलफल गर्ने कार्ययोजना रहेको थियो ।

प्रतिकृया दिनुहोस्