News Portal

पेट्रोल बोकेको ट्यांकर त्रिशूलीमा खस्दा आगलागी, चालक सुरक्षित

डबली संवाददाता२०७७ असोज ४ गते
८५ पटक

काठमाडौं । पेट्रोल बोकेको ट्यांकर त्रिशूली नदीमा खस्दा आगलागी भएको छ । काठमाडौं आइरहेको ट्यांकर आइतबार राति नदीमा खसेको प्रहरीले बताएको छ ।

पेट्रोल बोकेको ना ४ ख २८२२ नम्बरको ट्यांकर धादिङ जिल्लाको गल्छी गाउँपालिका–६ चरौंदीस्थित सुत्केरी डाँडाबाट नदीमा खसेको धादिङ प्रहरीले बताएको छ । ट्यांकर सडकबाट करिब ६ सय मिटर तल त्रिशूली नदीमा खस्दा आगलागी भएको बताइएको छ ।

नदीमा भएकोले आगलागीबाट ठुलो क्षति हुन पाएन । दमकलको सहायताले आगो निभाइएको छ प्रहरीले बताएको छ । ट्यांकरको नदीमा डुबेर केही भाग मात्रै देखिएको छ ।

प्रहरीका अनुसार दुर्घटना राति करिब २ बजेतिर भएको थियो ।ट्यांकर बाहिर निकाल्ने प्रयास भइरहेको प्रहरीले बताएको छ । ट्यांकर चालक र सहचालक प्रहरीको सम्पर्कमा आएका छन्  । ट्यांकर नदीको बीचमा भएको के कति क्षति भयो भन्ने एकिन हुन सकेको छैन ।

प्रतिकृया दिनुहोस्