News Portal

मन्त्री हेरफेर गर्न पेरिसडाँडामा बस्न लागेको (नेकपा)को सचिवालय बैठक सर्यो

डबली संवाददाता
८५ पटक

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को शुक्रबार बिहान ११ बजेलाई बोलाइएको सचिवालय बैठक बस्न सकेन । पहिलो पटक पूर्वएमाओवादीको कार्यालय पेरिसडाँडामा बस्न लागेको बैठक आइतबारलाई सरेको छ ।

अध्यक्ष प्रचण्डले कार्यकारी जिम्मेवारी पाएपछि पहिलो पटक पेरिसडाँडामा बैठक बोलाइएको थियो । प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटाका अनुसार बैठक असोज ४ गते आइतबारसम्मका लागि सारिएको छ ।

मन्त्रिपरिषद् हेरफेर, पार्टी एकता र समसामयिक विषयमा छलफल गर्न बैठक बस्न लागेको थियो । सचिवालय बैठकपछि मन्त्रिपरिषदका सदस्यहरुको हेरफेर समेत गर्ने नेकपाको तयारी छ ।

अध्यक्ष तथा प्रधानमन्त्री पहिलो पटक पूर्वमाओवादीको कार्यालयमा बैठक बस्न सहमत भएका थिए । दुबै अध्यक्षबीच बुधबार भएको छलफलमा पेरिसडाँडामा बैठक बोलाइएको थियो । अहिलेसम्मका सचिवालय बैठक बालुवाटारमा बसेका छन् ।

प्रतिकृया दिनुहोस्