News Portal

केएमई ट्राभलको व्यवस्थापनमा आज कोरियाबाट ‍‍‍‍१९० नेपाली घर फर्किए

डबली संवाददाता
१२१ पटक

काठमाडौं । केएमई ट्राभल एण्ड टुर्सको व्यवस्थापनमा आज कोरियाबाट १९० जना नेपाली घर फर्किँकै छन् । कोरोनाभाइरसका कारण स्वदेश फर्किन नपाएकाहरुलाई केएमईले कोरिया एयरसँग समन्वय गरेर स्वादेश पठाउँदै आएको छ ।

कोरोनाका कारण अन्तर्राष्ट्रिय उडान नभएपछि कोरियाका विभिन्न शहरमा समस्यामा परेकाहरु केएमईले छैटौं पटक नेपालीहरुलाई स्वदेश पठाएको हो । नेपाल फर्किन नपाएर कोरियाका विभिन्न शहरमा समस्या भएका नेपालीको उद्दार स्वरुप उडानको व्यवस्थापन गर्दै आएको केएमईकी संचालक विनोद कुँवर बताए ।

नेपाल फर्किने चाहनेहरुको कोरोनाको आरटी पीसीआर परीक्षणको नेगेटिभ रिपोर्ट अनिवार्य गरिएको छ । उक्त परीक्षण ७२ घण्टा नकटेको हुनुपर्छ । दक्षिण कोरियास्थित नेपाली दूतावासले तयार गरेको नियमको पालना गराउँदै केएमईले नेपालीहरुलाई स्वदेश पठाउँदै आएको छ ।

सबै जना विमानस्थल पुगिसकेका छन् । ३ बजे उडानको लागि बोर्डिग पास KIOSK मेशिनबाट प्राप्त गर्ने व्यवस्था गरिएको थियो । स्वदेश फर्किन लागेका सबैलाई केएमईले यात्रा सफलताको शुभकामना समेत दिएको छ ।

प्रतिकृया दिनुहोस्