News Portal

कोरोना कहरः विहीबार ज्यान गुमाउनेको संख्या घट्यो, निको हुनेको संख्या बढ्यो

डबली संवाददाता२०७७ असोज १ गते
१०० पटक

काठमाडौँ । नेपालमा कोरोना भाइर संक्रमणबाट ज्यान गुमाउनेको संख्या घटेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विहीबार दिएको जानकारीअनुसार काठमाडौँमा एक जनासहित देशभर थप ४ जनाको ज्यान गएको छ ।

पछिल्ला दिनमा संक्रमितको ज्यान जाने क्रम बढेको थियो । तर, विहीबार ४ जनाको ज्यान गएको पुष्टि भएको छ । योसँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ४३ हजार नजिक पुगेको छ ।

त्यसैगरी विहीबार थप १२ सय ४३ जनाले कोरोना जितेर घर फर्केका छन् । आज कोरोना संक्रमित र निको हुनेको संख्या करिब बराबरीमा पुगेको छ । निको भएर घर फर्किनेको संख्या ४२ हजार ९४९ पुगेको छ । थप १२ सय ४६ जना संक्रमित भएका छन् । निको हुने भन्दा संक्रमित ३ जनाले मात्रै बढी छन् । यसले नयाँ आशा पलाएको छ ।

अन्य जिल्लाहरुमा कोरोना संक्रमण घट्दै गएको छ भने काठमाडौँमा बढिरहेका छन् । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप ६१८ जना कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंका ५०७ जना, ललितपुरका ६० र भक्तपुरका ५० जनामा संक्रमण पुष्टि भएको हो । आज एक जना ज्यान गुमाउने पनि काठमाडौँका ८७ वर्षीय पुरुष वृद्ध रहेका छन् । उनीसहित आज ४ जनाको कोरोनाका कारण ज्यान गएको छ । योसँगै नेपालमा ज्यान गुमाउनेको संख्या ३८३ पुगेको छ ।

विहीबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको विवरणअनुसार कुल संख्या ५९ हजार ५७३ पुगेको छ । जसमा
१६ हजार २४१ संक्रिय संक्रमित रहेका छन् । जसमा संस्थागत आइसोलेशनमा ७ जहार ९०३ र होम आइसोलेशनमा ८ हजार ३३८ जना रहेका छन् । यस्तै आज पीसीआर १० हजार ६४१ जनाको भएको छ ।

आजबाट लामो दुरीका सवारी साधन खुलेसँगै कोरोना संक्रमण बढ्ने खतरा बढेकोमा राजधानीबासीले चिन्ता व्यक्त गरेका छन् । विना परीक्षण जति जना पनि राजधानी काठमाडौं प्रवेश गर्न सुरु भएको छ ।

प्रतिकृया दिनुहोस्