News Portal

ब्रजिलियन फुटबलर नेयमारलाई २ खेलमा प्रतिबन्ध लगाईयो

डबली संवाददाता२०७७ असोज १ गते
१७२ पटक

काठमाडौं । ब्रजिलियन फुटबलर नेयमार जुनियरलाई खेलमा प्रतिबन्ध लगाएको छ । खेल खेलिरहेको समयमा उनको अल्वेरो गोन्जालेसगँ झगडा भएको थियो । झगडा भए लगतै उनि खेलबाट बाहिरीएको थिए ।

पछिल्लो खेलको लिग १ मा मार्सेल्ल्लीका खेलाडी गोन्जालेसग उनको बिबाद भएको हो । बिबाद लगातै उनलाई २ खेलमा उनलाई प्रतिबन्ध लगाएको हो ।

गत आइतबारको खेलमा रातिको उनि कार्ड खाँदै नेयमारसँगै बाहिरिएका थिए । उनि सगै अन्य ४ खेलाडीले समेत खेल खेल्न नपाउने प्रतिबन्ध सामना गर्न परेको छ । ति मध्यका एक खेलाडी पेरिस सेन्ट जेर्मेन (पीएसजी) का डिफेन्डर लम्विन कुर्जवा त झन ६ खेलका लागि खेल्न नपाउने भएको छन् । त्यस्तैगरी अर्का खेलाडी लिअन्द्रो परेडेस २ खेलका लागि खेल्न नपाउने भएको छन् । यो बिचमा पीएसजीले भने आफ्ना खेलाडीलाई दह्रो सपोर्ट गर्ने बताएको छन्।

त्यसैगरी मार्सेल्लीका जोर्डन अमावीले २ खेलको खेल्न नपाउने भएको छन् । त्यसैगरी डारियो बेनेडिट्टोले एक खेलमा खेल्न नपाउने भएको छन् ।

खेलबाट बाहिरीए पछि नेयमारले गोन्जालेजलाई रंगभेद गरेको आरोप लागेको छ । उक्त आरोप सहि या गलत केहो भनेर आरोपबारे अध्ययन हुने फ्रान्सेली फुटबल अथोरेटीले बताएको छ ।

त्यसैगरी लिग डि फुटबल फ्रोफेसनल (एलएफपी)ले पनि आरोपबारे अध्ययन हुने बताएको छ।
यता गोन्जालेजले नेयमारको आरोपको खण्डन गदै नेयामरलाई ‘ब्याड लुजर’ भनेको छन् ।

 

प्रतिकृया दिनुहोस्