News Portal

लामो दुरीका बस संचलान भएकै दिन मुग्लिन–नारायणगढ सडक अबरुद्ध

डबली संवाददाता२०७७ असोज १ गते
९९ पटक

काठमाडौँ । आजबाट लामो दुरीका सार्वजनिक सवारी सधान संचालनमा आएका छन् । कोरोना नियन्त्रण तथा रोकथामको लागि जारी गरिएको लकडाउनसँगै ६ महिनादेखि बन्द भएका यातायात आजबाट नियमित संचालनमा आउन लागेका छन् ।

यसैबीच काठमाडौँबाट बाहिरिने र भित्रिने यात्रुहरु विहानैबाट बसपार्कहरुमा पुगेपनि मुग्लिनमा पहिरोका कारण बीचमै रोकिएका छन् । पहिरोका कारण मुग्लिन–नारायणगढ सडकखण्ड अबरुद्ध भएको छ ।

विहीबार विहान ४ः४० बजेतिर गएको पहिरोले इच्छाकामना गाउँपालिका ६ स्थिति चारकिलोमा पहिरो गएको छ । केही दिनदेखि सो क्षेत्र आसपास पहिरोले सडक अवरुद्ध हुँदै आएको थियो तर सवारी चाप नभएका कारण खासै समस्या भएको थिएन । तर, आजबाट देशका विभिन्न स्थानबाट बसहरु काठमाडौँ भित्रिने र बाहिर भएको कारण समस्या उत्पन्न भएको छ । विहानैबाट हुन थालेको जाम बिस्तारै बढ्दैछ ।

चितवन प्रहरीका अनुसार पहिरोे पन्छाउने काम भइरहेको छ । पछिल्ला दिनमा दिनहुँजसो सो मुग्लिन– नारायणगढ सडकखण्डमा दर्जनौं पहिरो गइसकेको छ ।

प्रतिकृया दिनुहोस्