News Portal

कुलमान समर्थकमाथि प्रहरी दमन (भिडियोसहित)

डबली संवाददाता२०७७ भदौं ३१ गते
४३८ पटक

काठमाडौं । नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङको पुनः नियुक्तिको माग गर्दै काठमाडौंको माइतीघरमा भएको प्रदर्शनमा प्रहरीले दमन गरेको छ । स्वस्र्फुतरुपमा गरिएको प्रदर्शनमा प्रहरीले अभियान्ता हेमराज थापा तथा पुण्य प्रसाईलाई घाइते बनाएको छ ।

कुलमान समर्थक सयौंको संख्यामा आम सर्वसाधारणसँगै विभिन्न अभियान्ताहरुको पनि सहभागिता रहेको थियो । प्रहरी प्रशासनको बाक्लो उस्थितिको कारण प्रदर्शनकारीहरुलाई तितरबितर पारिएको थियो । घिसिङ समर्थकहरुलाई नियन्त्रण गर्न माइतीघरमा प्रहरीले लाठीचार्ज गर्ने, छोपेर गाडिमा हाल्ने तथा निर्घात कुटपीटसमेत गरेको थियो । त्यस्तै प्रर्दशन रोक्न तथा प्रदर्शनकारीलाई लखेट्न पानीको फोहोरा पनि हानिएको थियो ।

घिसिङको पक्षमा सग्लग्न युवा अभियान्ता हेमराज थापा गम्भिर घाइते भएका छन् । उनको अहिले ट्रमा अस्पतालमा उपचार भइरहेको छ । युवा अभियान्ता हेमराज थापा, पुन्य पुण्य प्रसाईसहित अन्य प्रदर्शनकारीहरु घाइते भएका छन् ।
यता प्रहरीले तर सरकारले कोरोना महामारी रोकथामका लागि लगाइएको निषेधाज्ञामा काठमाडौं उपत्यकामा भेला, प्रदर्शन गर्न रोक लगाइएको कारण प्रदर्शनमा हस्तक्षेप गरेको बताएको छन् ।

यसैबिच कुलमानको समर्थनमा काठमाडौंको जोरपाटी र बालाजुमा तथा बौद्धमासमेत विहानैबाट प्रदर्शन भएको छन् । बालाजु माछापोखरीमा स्वतन्त्र नागरिक समूहले शान्तिपुर्ण प्रदर्शन गरेको हो भने जोरपाटीमा स्थानीय युवाहरुले प्रदर्शन गरेका थिए । त्यहाँ पनि प्रहरीको दमन भएको प्रदशनकारीहरुले बताएको छन् ।

घिसिङ भदौ २९ देखि विदाइ भएका हुन् । घिसिङलाई सत्तारुढ (नेकपा) भित्रै तथा बाहिरका विभिन्न नेताहरुले म्याद थप्न प्रयास गरेको तथा सरोकारवालाहरु, आम–जनसाधारण ससडकमा र सामाजिक सञ्जालबाट दबाब बढाएपनि प्रधानमन्त्री नै कुलमानलाई नदोहो¥याउने अडानपछि उनि विदा भएका छन् ।

प्रतिकृया दिनुहोस्